9 years ago
April 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब र दिप्सन फुड्स जापान चौथो नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता उपाधिका लागि भिड्ने भएका छन् । नयाँबजारस्थित टाउनप्लानिङमा शुक्रबार पहिलो सेमिफाइनलमा आर्मीले विभागिय प्रतिद्वन्द्वि नेपाल एपिएफ क्लबलाई र दिप्सन फुड्सले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई समान ३–० ले हराएर एकअर्कासँगको भेट पक्का गरेका हुन् ।

आर्मीले एपिएफलाई २५–१४, २५–१२ र २५–२३ ले तथा दिप्सन फुड्सले पुलिसलाई २५–१८,३३–३१,२५–१९ ले हराएको थियो । दिप्सन फुड्सले पुलिससँग गत वर्ष फाइनलमा बेहोरेको हारको बदला यसपटक सेमिफाइनलमै लिएको छ । बिहिबार साविक विजेता पुलिस समूह ‘क’ बाट अपराजित रहदै सेमिफाइनलमा पुगेको थियो । अर्को विभागिय टोली आर्मी समूह ‘ख’ को विजेताका रुपमा अन्तिम चारमा पुगिेको थियो । समूह ‘क’बाट एपिएफ र समूह ‘क’ बाट एपिएफ र समूह ‘समूह ‘ख’ बाट दिप्सन फुड्स उपविजेताका रुपमा अघि बढेका थिए ।
शनिबार हुने फाइनलको विजेताले उपाधिसहित १ लाख ७५ हजार एक सय ११ तथा दोस्रो हुने टोलीले ९० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै तेस्रो टोलीले ५१ हजार १ सय ११ र चौथो हुने टोलीले २५ हजार १ सय ११ रुपैयाँ पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले आकर्षक ट्रफी प्राप्त गर्नेछन् भने विधागततर्फ वेस्ट स्पाइकर,सर्भर, ब्लकर, डिफेन्स, सेटर, क्वीकर र वेस्ट कोचलाई पनि आकर्षक ट्रफीबाट पुरस्कृत गरिने बताइएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]