9 years ago
April 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दिप्सन फुड्स जापानले चौथो नयाँबजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँबजारस्थित टाउनप्लानिङको कोटमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै दिप्सन फुड्स च्याम्पियन बनेको हो । समूह चरणमा यी दुई टोलीबीचको खेलमा आर्मी विजयी भएको थियो ।

भारतिय खेलाडीले सम्मिलित दिप्सन फुड्सले २५–१७, २५–१७,२४–२६ र २५–१४ ले फाइनल जितेको थियो । दिप्सनको जितमा भारतीय खेलाडी विनीत कुमार र नेपाली खेलाडी सञ्जु विक्रम शाहको प्रदर्शन उत्कृष्ट रह्यो ।
दिप्सनका प्रशिक्षक राजकुमार गुरुङले उत्कृष्ट तालमेलका कारण सफलता मिलेको बताए । ‘समुह चरणको तुलनामा अहिले टिम सेट भयो,’ उनले भने,‘ रणनिती अनुरुप आर्मीका खेलाडीको स्पाइक सुरुआतदेखि नै ब्लक गर्न हामी सफल भयौँ । जसले गर्दा हामी टिम हाबी भयौं ।’
आर्मीका प्रशिक्षक जगदिश भटृले खेलाडीलाई आवश्यक मात्र आराम नमिल्दा सोचे अनुरुपको प्रदर्शन नभएको बताए । ‘विपक्षी टिमलाई हाइट एडभ्यान्टेज पनि थियो । जसमा हाम्रो रिसिभ पनि खराब रह्यो, उनले भने,‘ जसले गर्दा स्पाइकर चल्न सकेनन् ।’
नेपाल पुलिसले प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्यो । पुलिसले शनिबार नै अर्को विभागिय टोली नेपाल एपिएफलाई २१–२५,२५–१४,२१–२५,२५–१५ र १५–१२ ले हरायो ।
विजेता दिप्सनले ट्रफिसँगै १ लाख ७५ हजार १ सय ११, आर्मीले ९० हजार १ सय ११, पुलिसले ५१ हजार १ सय ११ र एपिएफले २५ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो ।
दिप्सनका विनित कुमार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । विधागततर्फ आर्मीका मान बहादुर श्रेष्ठ स्पाइकरमा, सोही क्लबका आर्मीका दिल सुनार सर्भरमा, दिप्सनका सुप राव ब्लकरमा, दिप्सनकै सुदिप थापा डिफेन्समा, पुलिसका इम राना सेटरमा, एपीएफका महेन्द्र श्रेष्ठ क्विकरमा उत्कृष्ट रहे । दिप्सनका राजुकुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए ।
बनमन्त्री शंकर भण्डारी,नेपाल भलिबल संघका अध्यक्ष मनोरमन रञ्जन शर्मा,उपाध्यक्ष रन्जन खड्का,महासचिव जितेन्द्र बहादुर चन्द,आयोजक क्लबका अध्यक्ष भगवान थापा लगायतले विजेता, उपजिेता टोलीका खेलाडीलाई पुस्कृत गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]