default_image

9 years ago

May 12, 2017

५ वर्षीय छोरीकी आमा विश्व च्याम्पियनसिप खेल्दै

347 views

0 Bookmark

सुबास हुमागाईं

२०६८ साल फाल्गुन महिनाको तेश्रो साता स्वेच्छा नेम्वाङ्ग महेन्द्रनगरमा आयोजना भएको छैठौं राष्ट्रिय खेलकुदमा व्यस्त थिइन्। ५ महिनाको गर्भवती नेम्वाङ्गले प्रतियोगिताको टेबल टेनिस अन्तर्गत टिम इभेन्टमा स्वर्ण पदक हात पारिन भने व्यक्तिगत स्पर्धामा उनको यात्रा क्वार्टरफाइनलमा सिमित रह्यो। त्यसयता टेबल टेनिस छाडेर हङकङ लागेकी स्वेच्छा लामो समयपछि टेबल टेनिसमा फर्किएकी छिन्। एक समय महिला टेबल टेनिसकै उत्कृष्ट खेलाडी रहेकी उनले पहिलो पटक विश्व च्याम्पियनसिपमा सहभागिता जनाउँदैछिन। पाँच वर्षीय छोरीकि आमा स्वेच्छाले यस्तो परिस्थितिमा आएर विश्व च्याम्पियनसिप खेल्न पाउनेछु भनेर सायदै सोचेकी थिइन्।

पाँचथरको फिदिममा जन्मिएकी स्वेच्छा धरानमा हुर्किएकी हुन्। विश्व च्याम्पियनसिप खेल्न जर्मनी प्रस्थान गर्ने दिन उनि ३० वर्ष पुग्दै छिन्। दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको लागि २ कास्य पदक दिलाएकी नेम्वाङ्गको विश्व च्याम्पियनसिपमा यो पहिलो सहभागिता हो। केहि वर्ष अगाडी टेबल टेनिस छाड्ने निर्णय लिएर हङकङ पुगेकी स्वेच्छालाई टेबल टेनिसले भने छाड्न सकेन र ३ महिना नबित्दै उनि नेपाल फर्कीइन्।

“मैले बच्चा भएपछि खेलमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेपछि टेबल टेनिस छाडेर उतै बस्ने योजना बनाएकी थिएँ। मसंग त्यहाँको आइडी पनि छ। तर, दिन बित्दै जाँदा मैले टेबल टेनिस भुल्न सकिन र नेपाल फर्किएँ। मैले नेपालमै बसेर टेबल टेनिसको लागि जीवन कटाउनुपरे पनि तयार हुने मनस्थिति बनाएर नेपाल फर्किएँ।”

आफ्नो १९ वर्षे करियरमा पहिलोपटक विश्व च्याम्पियनसिप खेल्न पाउँदा आफु धेरै खुसी भएको उनि बताउँछिन। “मैले धेरै समय टेबल टेनिसमा बिताएँ र अहिले यो स्थानमा रहेर विश्व च्याम्पियनसिप खेल्न पाउँदा करियरको सबैभन्दा ठुलो उपलब्धि मानेकी छु। मैले यो बाहेक सम्पूर्ण प्रतियोगितामा सहभागिता जनाइसकेको थिएँ र अहिले यो प्रतियोगिता खेल्न पाउँदा म एकदमै खुसी छु।”

छैठौं राष्ट्रिय खेलकुदमा गर्भवती हुँदै खेल्दाको अनुभव उनले यसरि सुनाइन्। “मैले कसैलाई थाहा नदिई प्रतियोगितामा सहभागिता जनाएकी थिएँ। टिम इभेन्टमा स्वर्ण त जित्यौं तर एकल स्पर्धामा भने मैले क्वार्टरफाइनलमा हारें। मेरो विपक्षी खेलाडीले मा गर्भवती भएको थाहा पाएपछि प्लेसिङमात्र खेलिन्। मैले आफ्नो स्वास्थ्यलाई ध्यान दिदैं हार मानें।” उनको यो कथालाई उनीसंगै विश्व च्याम्पियनसिपमा सहभागी हुने खेलाडी नविता श्रेष्ठ भने ‘पागलपन’को संज्ञा दिन्छिन्। “म जति टेबल टेनिस खेलेपनि दिदिजस्तै त्यस अवस्थामा भने टेबल टेनिस खेल्दिन होला।”, उनले भनिन्।

लामो समय विश्राम लिएर पुन: खेलमा फर्किएर विश्व च्याम्पियनसिपको यात्रालाई उनि आफ्नो अठोट सफल रहेको बताउँछिन्। “मैले हरेस खाएको थिईंन। मेरो प्रदर्शन पनि खस्किदै गएको भान मलाई थियो। तर टेबल टेनिस प्रतिको मेरो लगाव र मेहेनतले म अहिले यो ठाउँसम्म आइपुग्न सकें। यो बिचमा मैले धेरै मेहेनत गरें। बच्चा हुँदा मेरो तौल ८० किलोसम्म पुगेको थियो तर अहिले म ५५ केजी छु।”

विश्व च्याम्पियनसिपमा आफ्नो प्रदर्शन राम्रो हुनेमा पनि स्वेच्छा विश्वस्त छिन्। प्रशिक्षकहरुका अनुसार पनि अन्तराष्ट्रिय प्रतियोगिताहरुमा उनको प्रदर्शन सधैं राम्रो हुने गर्दछ। “मैले यो ठाउँमा पुग्न धेरै मेहेनत गरेको छु र म आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछु। यसपाली छनोट प्रतियोगितामा पनि मैले १ खेलमात्र हारें। विगतमा पनि मेरो अन्तराष्ट्रिय प्रदर्शन राम्रो रहेको छ। त्यसैलाई निरन्तरता दिएर म आफ्नो पुनरागमनलाई सुखद बनाउन चाहन्छु।”

खेलमा लाग्न आफुलाई परिवारबाट पनि निकै सहयोग मिलेको उनले बताइन्। “टेबल टेनिस खेल्नका लागि मैले घर परिवारबाट धेरै सहयोग पाएको छु। बिहानदेखि मैले प्रशिक्षणमा आउँदा बच्चालाई घरमै छाडेर आउने गरेको छु। मेरो माइजु र बोजुले बच्चाको हेरचाह गरेर मलाई खेलमै केन्द्रित रहन उत्प्रेरित गर्नुभएको छ।”

११ वर्षको उमेरदेखि टेबल टेनिसको ब्याट समाएकी स्वेच्छा अब पुरा समय टेबल टेनिसमै बिताउने सोचमा छिन्। “मैले लामो समय टेबल टेनिसमा बिताएको छु। यसैको लागि मैले हङकङ छाडेर नेपाल फर्किए। थाइल्याण्डमा भएको एसियन च्याम्पियनसिपबाट पुनरागमन गरेपछि मैले ६ महिना जर्मनीमा प्रशिक्षक प्रशिक्षण पनि गरें। अब मैले नेपालमै व्यापार सुरु गरेर यतै बस्ने निर्णय लिएको छु।”

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.