default_image

8 years ago

September 1, 2017

भलिबलका ‘अलराउण्डर’ सँग १२-२७ कुरा

334 views

0 Bookmark

काठमाडौं – नेपालमा खेलेर बाच्न सकिन्न भन्ने अहिले पनि कतिपयको धारणा पाइन्छ । खेलमा लागेर आफ्नो जीवनको महत्वपूर्ण समय खर्चियो भनेर गुनासो गर्ने पनि धेरै छन् । तर, आफ्नो खेललाई नै संसार मान्नेको पनि नेपाली खेलकुदमै छन् । ती मध्येका एक हुन् भलिबलका राष्ट्रिय खेलाडी मान बहादुर श्रेष्ठ ।

नवलपरासी पुरानो कावासोतीका उनी स्कुले जीवनमा सुरुमा सौखले फुटबल, क्रिकेट खेल्थे । विस्तारै उनको रुचि भलिबलतर्फ बढ्दै गयो । भलिबलतर्फ आकर्षित हुनुको मुख्य कारण उचाई नै हो । ‘१५/१६ बर्षको उमेरबाट मैले भलिबल खेल्न सुरु गरे,’ ६ फिटका मान बहानुरले स्मरण गरे,‘स्कुल पार गर्दा मेरो भलिबल बेसिक राम्रो भइसकेको थियो । ’ जब देखि उनले भलिबललाई नै करियर बनाउछु भन्ने अठोट लिए त्यसपछि भने उनले पछाडि फर्कनु परेको छैन ।

नवलपारसीबाट यू १९ खेल्न पोखरा पुगेका उनको खेलबाट सबै प्रभावित हुन्थे । पछि उनीले नेपाल पुलिस क्लबबाट दुई बर्ष करारमा बसेर पनि खेले । त्यसपछि २०७१ सालमा उनको यात्रा नेपाली सेनातर्फ मोडियो । सेनामा उनी विस्तारै जम्दै र राष्ट्रिय टोलीको यात्रा तय गर्न सफल भए । उनी अगाडि भन्छन्,‘ भलिबले नै मलाई सब थोक दियो । भलिबल खेलाडी नभएको भए अहिलेका धेरै युवाहरु जस्तै रोजगारीका लागि कुनै खाडी मुलुकमा पुगेको हुन सक्थे ।’

खेलाडी भएकै कारण सेनामा जागिर पाएको र चाडै बढुवा भएको उनी सुनाउँछन् । ‘आर्मीमा छनोटका लागि जाँदा कलर भिजनको कारण भालिएको थिए । पछि खेलाडी भएकै कारण सेनामा भर्ती हुने अवसर मिल्यो,’ उनले भने,‘ भलिबलकै कारण जागिर खाए बढुवा भए । अहिले म लेस नायक छु, सामान्य सेनालाई बढुवा हुन धेरै बर्ष कुर्नुपर्ने हुन्छ ।’

भलिबलले उनको व्यक्तिगत जीवनमा मात्र परिवर्तन ल्याएको छैन, उनी सम्मिलित राष्ट्रिय टोलीले चैतमा पहिलो पटक नेपाललाई अन्तर्राष्ट्रिय पदक पनि दिलाएको थियो । उनी आफ्नो खेल जीवनको सबैभन्दा खुसीको क्षण त्यसलाई नै मान्छन् । ‘अहिले सम्म नेपालले पदक जित्न सकेन । पहिला पनि राम्रा खेलाडीहरु हुनुहुथ्यो भन्ने सुनेको छु,,’ उत्साहित हुँदै ललितपुर भैसेपाटी बस्दै आएका उनले भने,‘ तर अहिले हाम्रो पालामा आएर पदक जित्न सफल भयौं । त्यो धेरै ठूलो उपलब्धी हो भन्ने लाग्छ र म मात्र होइन, त्यति बेला सबै खुसी भएका थियौं ।’

नेपाले एभिसी सेन्ट्रल जोनमा कास्य पदक जित्दा मानबहादुरले बेस्ट आउट साइडर सेकेन्ड एट्याकरको उपाधि जितेका थिए । अहिले उनी राष्ट्रिय टोलीका मुख्य खेलाडी हुन् । राष्ट्रिय टोलीका प्रशिक्षक जगजित भट्टको नजरमा मानबहादुर भलिबलका ‘अलराउन्डर ’ हुन् । ‘भलिबल खेलाडीको अलग अलग क्षमता हुन्छ ।

कसैको रिसिभ, कसैको डिफेन्स कसेका एट्याक,’ भट्टले भने,‘मानबहादुर त्यस्ता खेलाडीमा पर्दछन् जो सबैमा उत्कृष्ट छन् । भलिबलमा यस्ता खेलाडी कमै हुन्छन् । ’ त्रिभुवन आर्मीका समेत प्रशिक्षक रहेका भट्ट अनुशासन, लगन र मेहनतकै कारण मानबहादुर सफल हुँदै गएको मान्छन् । ‘प्रशिक्षण नभएको दिन पनि उनी आफै कोर्टमा समय विताइरहेका हुन्छन्,’ भट्टले भने थपे,‘कमै खेलाडीले मात्र त्यस्तो गरेको हुन्छ । ’

भलिबल खेल्ने क्रममा लिसा थापासँग उनको प्रेम मात्र बसेन विवाह पनि उनै सँग गरेका मानबहादुरसँग हाम्रो खेलकुद डटकमका दिपेश तिमलसिनाले गरेको १२–२७ कुरा । 

१. कहिलेबाट खेल्न सुरु गर्नु भयो ?
– स्कुलमा हुँदा देखि खेल्न सुरु गरेको हो । खेल्न सुरुु गर्दा १५ बर्षको थिए ।

२.पहिलोपटक पदक जित्दा कस्तो महसुस भयो ?
– एकदमै खुसी भएको थिए, पहिलो पल्ट नवलपरासीमा विद्यालय स्तरको प्रतियोगिताका जितेका थियौं । जित्न थाले पछि अलि अलि कमाउन पनि थाले अनि घरबाट पनि सहयोग भयो । पहिला राम्रो खेल्दा नि हारियो भने म रुन्थे ।

३. भलिबलमा कसरी लाग्नु भयो ?
– पहिलेक्रिकेट, फुटबल खेल्थे । पछि हाइट बढ्दै गएपछि मलाई भलिबल खेल्न रुची बढ्यो । बिस्तारै सफलता पनि मिल्दै गयो र आर्थिक पाटोमा पनि सहयोग मिल्यो । निरन्तर खेल्दा खेल्दा अब भलिबलबाट टाढा हुन सक्दिन जस्तो भैसक्यो ।

तस्विरहरु: बिबेक सुबेदी

४.फोन चलाउनु हुन्छ र फोन किन्दाको मुल्य ?
– आइफोन ५ एस, किन्दाको मुल्य ८० हजार रुपैयाँ ।

५. कुन बाइक चढ्नु हुन्छ र मुल्य ?
– पल्सर १५० सिसी, मुल्य २ लाख ४० हजार रुपैयाँ ।

६. वार्षिक कति कमाउनु हुन्छ ?
– वार्षिक ६÷७ लाख रुपैयाँ ।

७. खेलाडी नबनेको भए के गर्नु हुन्थ्यो होला ?
– दुबई कतारमा हुन्थे होला ।

८. शैक्षिक योग्यता कति छ ?
– एसएलसी पास ।

९. कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पटक हरेको फिल्म ?
– लभ स्टोरी भएको फिल्म मनपर्छ । पछिल्लो पटक हेरेको प्रेम गीत २ ।

१०. सबै भन्दा मन पर्ने नायक र नायिका ?
– आर्यन सिग्देल र सिपोरा गुरुङ ।

११. सबैभन्दा मन पर्ने गायक र गायिका ?
– अनिल सिंह र अन्जु पन्त ।

१२.सबैभन्दा धेरै पटक सुनेको गीत ?
– नमुना बनाइदियौ ।

१३. सिंगल हुनुहुन्छ ?
– विवाहित । हामीले लभ म्यारिज गरेका हौं ।

१४.किताब कतिको पढ्नु हुन्छ? पछिल्लो पटक पढेको किताब ?
– अंग्रेजी भाषाको किताब पढि रहेको छु ।

१५. अहिलेसम्म कति देश पुग्नु भयो ? सबैभन्दा मन परेको देश ?
– ५ वटा देश पुगेको छु । सबैभन्दा मनपरेको देश डेनमार्क ।

१६. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ ?
– भैसीपाटी र पोखरा

१७. सबैभन्दा मनपर्ने खानेकुरा ?
– नेपाली दाल भात, मःमः

१८.खाना बनाउनु हुन्छ ? आफैले पकाएको सबैभन्दा मिठो के लाग्छ ?
– पकाउँछु, आलु मिठो भुट्छु ।

१९. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताव कतिको आउँछ ?
– फेसबुक चलाउछु । प्रेम प्रस्ताब आइरहेको हुन्छ तर विवाहित छु भन्दिन्छु ।

२०. पहिलो कमाई के गर्नु भयो ?
– पहिलोपल्ट मुस्ताङ गएर खेल्दा १२ हजार रुपैयाँ पाएको थिए । त्यो पैसा जम्मा गरेर पछि ३० हजार रुपैयाँ पुगेपछि आमालाई कानमा लगाउने रिङ किन्देको थिए ।

२१. खेल जीवनमा सबैभन्दा खुसी भएको क्षण ?
– माल्दिभ्समा एतिहासिक कास्य पदक जित्दा निकै खुसी भएको थिए । त्यो पदक नेपाली भलिबल इतिहासकै पहिलो पदक थियो र त्यो प्रतियोगितामा बेस्ट आउटसाइडर सेकेन्ड एट्याकर उपाधि पनि जित्न सफल भएको थिए ।

२२.फुर्सदको समयमा के गर्नु हुन्छ ?
– घुम्छु, घरमा समय दिन्छु ।

२३.आफुले चाहेर पनि गर्न नसकेको काम ?
– धेरै पढ्न मन थियो तर खेल र पढाईलाइ संगै लैजान सकिन, पछुतो लाग्छ ।

२४.राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथी र आशालाग्दो खेलाडी ?
– धन बहादुर भट्टसँग मिल्छु । दिल बहादुर सुनार प्रतिभावान छ पछि निकै राम्रो गर्न सक्छ ।

२५.मनपर्ने अन्तराष्ट्रिय टोली र खेलाडी ?
– फ्रान्सको राष्ट्रिय टोलि, खेलाडीमा फ्रान्सकै एर्भिन नेगापथ ।

२६.तपाईको नजरमा भलिबलको विकास कसरी होला ?
– मुख्य कुरा नै भौतिक पूर्वाधार हो । तर त्यसमै समस्या छ । धेरै भन्दा धेरै कभर्ड हलहरु बन्न पर्दछ ।

२७.आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ ?
– हौसला दिने सबै धन्यवाद दिन चाहन्छु । सुरुआती दिनबाटै सबैले सहयोग गर्दिनु भयो त्यहि भएर यो स्थान सम्म आइपुग्न सफल भए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.