default_image

8 years ago

January 13, 2018

नविता लगातार सातौं पटक च्याम्पियन

233 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत ३९ औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् ।

TT

तस्बिर : एएनटीटीए

पुरुष सिंगल्समा श्यान्टु लगातार दोश्रो पटक च्याम्पियन भएका हुन् भने नविताको महिला सिंगल्समा यो लगातार सातौं उपाधि हो । महिला सिंगल्समा दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सिजरिन शाह ८ पटक च्याम्पियन बनेको कीर्तिमान छ । नविता वि.स. २०६७ बाट लगातार च्यामिपयन बनिरहेकी छिन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा श्यान्टुले प्रहरीकै विनेश खनियाँलाई ११–५, ११–४, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरे । एपीएफका पुरुषोत्तम वज्राचार्य र प्रहरीका प्रदीप रोका तेश्रो भए । महिला सिंगल्समा प्रहरीकी नविताले नातामा नन्द प्रहरीकै एलिना महर्जनलाई १२–१०, ११–१, ११–२ र १२–१० को सीधा सेटमा हराइन् । आर्मीकाद्वय रविना महर्जन र दीक्षा तामाङ तेश्रो भए ।

मिक्स डबल्सको उपाधि नेपाल आर्मीका चन्दन शाही र स्वेच्छा नेम्वाङको जोडीले जिते । उक्त जोडीले फाइनलमा एपीएफका अमरलाल मल्ल र सेलिशा खड्गीको जोडीलाई ११–६, ८–११, ११–७ र ११–९ को सेटमा पाखा लगाए । एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल तथा प्रहरीका श्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडी संयुक्त रुपमा तेश्रो भए ।

प्रहरीले स्वर्ण जित्न नसकेको मात्र मिक्स डबल्समा हो । ७ स्पर्धा समावेश प्रतियोगितामा प्रहरीले ६ स्वर्णमाथि कब्जा जमायो ।

यसअघि पुरुष डबल्समा प्रहरीका श्यान्टु श्रेष्ठ र दीप साउन तथा महिला डबल्समा प्रहरीका नवीता श्रेष्ठ र एलिना महर्जनको जोडी पहिलो भएका थिए । पुरुष÷महिला दुवैको टिम इभेन्टमा पनि प्रहरी नै पहिलो भएको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने प्रतियोगितामा विभिन्न ३७ जिल्ला र तीन विभागीय गरी ४० टिमका २ सय ३५ खेलाडीले सहभागिता जनाएको अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.