8 years ago
April 4, 2018
धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिहेको काठमाडौं गोल्डेन्सले सिवाइसी अत्तरियालाई जितका लागि १ सय ३८ रनको विजयी लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौैंले ९ विकेट गुमाएर २० ओभरमा १ सय ३७ रन मध्यम स्कोर बनाएको हो । काठमाडौंका लागि राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका थिए ।
४३ बल खेलेका ज्ञानेन्द्रले ४ चौका र ३ छक्काको मद्दतमा ५७ रन बनाए । त्यस्तै नरेश बुढाऐरले २७ रन जोडे । रसिद खानले १६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
अत्तरियाका लागि शुभांकर उराओले ३ विकेट लिए । कृष्णा कार्की र विपीन चन्द्रले समान २ विकेट लिए । दीपेन्द्र ऐरी र कमलसिंह ऐरीले समान १ विकेट लिए ।
अपराजित रहेको काठमाडौं गोल्डेन्सले यो खेलमा जित हात पारे प्ले अफमा स्थान सुरक्षित गर्नेछ । अत्तरियाले जिते अत्तरियाले जिते अत्तरियाको पनि प्ले अफ सम्भावना रहनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]