6 years ago
December 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एक गोलले पछाडी पारेको स्थितिलाई उल्टाउँदै रुस्लान थ्री स्टारले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पहिलो हाफमा सरस्वतीविरुद्ध २-१ को अग्रता लिएको छ ।
सरस्वतीले तेस्रो मिनेटमा नै पेनाल्टीमार्फत अग्रता लिएको थियो । फ्रान्सिस ओनेमाको प्रहार पेनाल्टी क्षेत्रभित्र पिटर सगुनको हातमा लाग्दा रेफ्रीले पेनाल्टी दिएका थिए । भिक्टर अमोबीले पेनाल्टीलाई गोलमा परिणत गर्दै १-० को अग्रता दिलाए ।
थ्री स्टारले १६ औं मिनेटमा नै गोल फर्कायो । अनिल गुरुङको प्रहार सरस्वतीको डिफेन्डरको हातमा लागेपछि थ्री स्टारले बराबरीको मौका पाएको थियो । रञ्जित धिमालले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।
२८ अौं मिनेटमा मनीष थापाले झण्डै ३० यार्डमा टाढाबाट गरेको प्रहार क्रसबारको माथिल्लो भागमा लागेर बाहिरिँदा सरस्वती अभागी सावित भयो । ३५ अौं मिनेटमा थ्री स्टारले अग्रता लियो । रन्जन विष्टले दायाँ विङबाट दिएको लो क्रसमा निराजन खड्काले ६ यार्ड बक्सभित्र डाइभिङ हेडरमा गोल गरे ।
यस खेलमा जित हात पारेको खण्डमा थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा हुनेछ । सरस्वतीले भने लगातार दोस्रो हार टार्न दोस्रो हाफमा गोल फर्काउनु पर्नेछ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीवार सुरु भएको छ । पहिलो दिन पुरुष ५५ केजीमुनि नेपाल क्योकुसिनका एलिस बम्जन, आर्मीका जनकबहादुर धामी, डन किक बक्सर्सका आशिक कोल्ह र आर्मीका प्रवीण माझी सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला ४५ केजीमुनि एपिएफकी रिना माझी, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]