मनाङ मर्स्याङदी क्लब विरुद्ध सीएमजी संकटा क्लब
प्रत्यक्ष प्रसारण:
मनाङले लिगमा शत प्रतिशत जितको नतिजालाई निरन्तरता दिँदै शीर्ष स्थान कायम गरेको छ । १० खेलमा मनाङले १० जित दर्ता गर्दै ३० अंक जोडेको छ । यसक्रममा मनाङका लागि फरवार्ड ओलावाले आफिजले ६ तथा अन्जन विष्टले ५ गोल गरेका छन् । मनाङले १० खेलमा ४ खेलमा मात्र गोल खाएको छ ।
यता संकटाले लिगका १० खेलमा ८ जित, १ बराबरी र १ हारसहित २५ अंक जोडेको छ । संकटाका लागि एलोन म्याक्सवेलले सर्वाधिक ४ गोल गर्दा सेड्रिक अबा, दिपेश आलेमगर र अमित तामाङले ३-३ गोल गरेका छन् । मनाङले १० खेलमा ५ क्लिनसिट पनि राखेको छ ।
मनाङले यस खेलमा जित निकाले लिग उपाधि पक्का गर्नेछ । बराबरी भएको खण्डमा भने मनाङले अर्को खेलको नतिजा आफू अनुकुल बनाउनु पर्नेछ । संकटाले मनाङलाई हराएमा भने संकटाले मनाङसँगको दुरी २ अंकमा झार्नेछ । यद्यपी संकटाले अर्को खेलमा थ्री स्टारको सामना गर्ने हुनाले उपाधि होड सहज भने हुने छैन ।