default_image

7 years ago

February 1, 2019

पुलिसमाथि आर्मीको रोमाञ्चक जित

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो राउन्डको विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लमाथि रोमाञ्चक जित निकालेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा आर्मीले पुलिसमाथि ३–२ को प्रतिस्पार्धात्मक र रोमाञ्चक जित निकालेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट पुलिसले २५–२२ ले जितेको थियो । त्यसपछि आर्मीले दोस्रो सेट २५–२१ ले जित्दै खेललाई १–१ को बराबरीमा ल्याए । तेस्रो सेट २५–१८ ले सहजै जितेपछि पुलिसले खेलमा २–१ को सेटमा अघि रह्यो । तर, त्यसपछिको दुवै सेट आर्मीले २५–१५ र १५–१२ ले जित्दै ३–२ को रोमाञ्चक जित हात पा¥यो । यससँगै आर्मीले पहिलो राउन्डमा बेहोरेको हारको बदला लिएको छ ।

शुक्रबारै भएको अर्काे खेलमा आर्मीले श्रीगाँउ दाङमाथि २५–१२, २५–१९ र २५–११ को जित निकाल्यो । दोहोरो जित हात पारेको आर्मी १२ खेलबाट २९ अंक जोड्दै तेस्रो स्थान थप मजवुत बनाएको छ ।

यस्तै एपीएफले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिलाई २५–१५, २५–१८ र २५–११ को सोझो सेटमा पराजित गर्दै विजयी यात्रा जारी राख्यो । यससँगै एपीएफ लिगको उपाधि नजिक पुगेको छ । एपीएफको १२ खेलबाट ३६ अंक पुगेको छ । यस्तै सेवले श्रीगाँउ दाङलाई २५–१८, २५–१५ र २५–११ ले सहजै हरायो ।

लिग अन्तरगत शनिबार तीन खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा पुलिस र दाङ, दोस्रो खेलमा एपीएफ र आर्मी तथा तेस्रो खेलमा पश्चिमाञ्चल र सेवबीच खेल हुनेछ ।

अंक तालिका
१. एपीएफ (३६) १२ खेल
२. पुलिस (३१) १२ खेल
३. आर्मी (२९) १२ खेल
४. पश्चिमाञ्चल (१९) १२ खेल
५. सेव (१४) १३ खेल
६.चितवन टाइगर्स (१३) १४ खेल
७..श्रीगाँउ (११) १३ खेल

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.