default_image

7 years ago

February 2, 2019

एपीएफ एक खेल अगावै ढोरपाटन महिला भलिबल च्याम्पियन

165 views

0 Bookmark

काठमाडौं घरेलु महिला भलिबलको सबैभन्दा सफल टोली विभागीय नेपाल एपीएफ क्लब राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको एक एक अगावै च्याम्पियन बनेको छ । दोस्रो राउन्डको विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा एपीएफ एक खेल अगावै च्याम्पियन बन्न सफल भएको हो ।

फाइल तस्बिर

यससँगै एपीएफ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता सर्वाधिक जित्ने टोली बनेको छ । १४औ संस्करणमा आइपुग्दा एपीएफले ढोरपाटन लिग ६ पटक जित्न सफल भएको छ । यसअघि एपीएफले गतवर्ष पोखराको ज्ञानुबाबा बोर्डिङ स्कुलले जितेको ५ पटकको कीर्तिमानलाई बराबरी गरेको थियो । ढोरपाटन भलिबलमा अहिलेसम्म एपीएफ ६ पटक, ज्ञानुबाबा ५ पटक, नेपाल पुलिस क्लब र रिड मोडल स्कुलले समान १–१ पटक उपाधि जितेका थिए । पहिलो संस्करण पुरुषतर्फ भएको थियो । जसमा आर्मी च्याम्पियन बनेको थियो ।

यस्तै ढोरपाटन भलिबलको उपाधि जितेसँगै एपीएफले यो सिजन आठौं उपाधि रक्षा गरेको छ । यसअघि एपीएफले शेरबहादुर खड्का स्मृति भलिबल, सभामुख कप, एनभीए क्लब लिग, तिज कप, एनभीए महिला भलिबल, न्यु डायमन्ड कप र सभामुख कपको च्याम्पियन बनेको थियो । आदी अवादी लिगमा भने उपविजेता बनेको थियो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको खेलमा एपीएफले पहिलो सेट २२–२५ ले गुमाएको थियो । तर, त्यसपछिको तीन सेट एपीएफले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेट एपीएफले २५–७, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२१ ले जित्यो । अपराजित रहेको एपीएफले १३ खेलबाट ३९ अंक बनायो । २९ अंकसहति आर्मीले तेस्रो स्थान सुरक्षित ग¥यो शनिबारै भएको अर्काे खेलमा पुलिसले श्रीगाँउ खेलकुद बिकास समिति दाङलाई २५–१२, २५–१० र २५–९ ले हराउदै दोस्रो स्थान पक्का बनायो । पुलिसले ३४ अंक जोड्यो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखराले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) लाई २५–९, २९–२७ र २५–८ ले पराजित गर्दै चौथो स्थान हात पार्न सफल भयो । पश्चिमाञ्चलले २२ अंक जोड्यो । लिग अन्तरगत अनितम दिन दुई खेल हुने आयोजकले जनाएको छ ।

पहिलो खेलमा आर्मी र पश्चिमाञ्चल तथा दोस्रो खेलमा एपीएफ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । गत माघ ५ गतेबाट भएको लिगमा ९ टोली सहभागिता जनाएको थियो । दोस्रो राउन्डमा सात टोली प्रवेश गरेका थिए ।

अंक तालिका
१. एपीएफ (३९) १३ खेल
२. पुलिस (३४) १३ खेल
३. आर्मी (२९) १३ खेल
४. पश्चिमाञ्चल (२२) १३ खेल
५. सेव (१४) १४ खेल
६.चितवन टाइगर्स (१३) १४ खेल
७.श्रीगाँउ (११) १४ खेल

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.