default_image

7 years ago

April 21, 2019

पुलिस समूह विजेता, एपीएफ र प्रदेश ३ को लगातार तेस्रो जित

181 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब समूह ‘ख’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खजुरास्थित भलिबल कोर्टमा आइतबार भएको समूह चरणको अन्तिम खेलमा पुलिसले प्रदेश १ माथि ३–१ को जित निकाल्दै समूह विजेता बनेको हो । पुलिस समूह चरणमा अपराजित रहन सफल भयो । पुलिसले चार खेलबाट ११ अंक जोड्यो । पुलिसको जितसँगै यो समूहबाट एपीएफ समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल हुँदा प्रदेश १ र सुदुरपश्चिम प्रदेश समूह चरणबाटै बाहिरिए ।

खजुरामा भएको खेलमा पुलिसले पहिलो र दोस्रो सेट क्रमश: २५–१३ र २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट १७–२५ ले गुमाएपनि प्रतिस्पर्धात्मक बनेको चौथो सेट पुलिसले २७–२५ ले जित्न सफल भयो ।

अर्काे समूहको खेलमा प्रदेश ३ ले प्रदेश २ माथि २५–१७, २५–२१ र २५–१० को सहज जित निकाल्यो । समुह ‘क’ मा आज साँझ सुदुरपश्चिम र प्रदेश ५ तथा समूह ‘ख’ मा कर्णली प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ ।

महिलातर्फ प्रदेश ३ र एपीएफले लगातार तेस्रो जित निकालेको छ । प्रदेश ३ ले कर्णली प्रदेशलाई २५–४, २५–१२ र २५–१८ को तथा एपीएफले सुदुरपश्चिम प्रदेशलाई २५–८, २५–१३ र २५–१० को सोझो सेटमा पाखा लगायो । दुवै टोली अपराजित छन् ।

महिलातर्फ साँझ आर्मी र गण्डकी प्रदेश तथा प्रदेश ५ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.