default_image

7 years ago

April 21, 2019

तुलसा र निरलाई स्वर्ण

213 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) – आठौं अन्तर्गत ४०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी तुलसा खत्री महिलातर्फ र नेपाल एपीएफ क्लबका शिवराज पार्कीले पुरुषतर्फ स्वर्ण जितेका छन् ।

दाङ बेलझुन्डीस्थित नवनिर्मित ट्याक एन्ड फिल्डमा आइतबार भएको ४०० मिटर दौडमा आर्मीकी तुलासाले निर्धारित ४०० मिटर दुरी ५९ दशमलव ९१ सेकेन्डमा पार गर्दै स्वर्ण हात पारिन् । आर्मीकै संगीता मेचेले १ मिनेट शुन्य दशमलव २९ सेकेन्डमा दुरी पार गर्दै रजत हात पारिन् । १ मिनेट १ दशमलव ५४ सेकेन्डमा दुरी पार गर्दै प्रदेश ५ की अरुषा रिजाल कास्य जितिन् ।

पुरुषतर्फ एपीएफका निरप्रताप महतोले ४९ दशमलव ३५ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितिन् । एपीएफकै शिवराज पार्कीले ५० दशमलव ४५ सेकेन्डको समय निकाल्दै रजत जितिन् । प्रदेश १ का प्रकाश दनुवारले ५० दशमलव ६३ सेकेन्डको समय निकाल्दै कास्य जितिन् ।

महिला ४ गुणा ४०० मिटर रिलेमा आर्मीले स्वर्ण जित्न सफल भयो । कृष्णा चौधरी, तुलसा खत्री, संगीता मेचे र सरस्वती भट्टराईले ४ मिनेट २ दशमलव ४८ सेकेन्डको समयका साथ स्वर्ण जिते । एपीएफले ४ मिनेट १३ दशमलव १४ सेकेन्डका साथ रजत तथा प्रदेश ५ ले ४ मिनेट २२ दशमलव ५९ सेकेन्डको समयसहित कास्य जित्न सफल भयो ।

महिला १०० मिटर हडल्स् (बाधा दौड) मा प्रदेश ५ की प्रमिला थारुले १६ दशमलव २५ सेकेन्डसहित स्वर्ण जितिन् । प्रदेश ५ की जयरानी चौधरीले १८ सेकेन्डको समय निकाल्दै रजत हात पारिन् । आर्मीकी तुलसा श्रेष्ठले १८ दशमलव २८ सेकेन्डसहित कास्य जितिन् ।

पुरुष ११० मिटर हडल्स् (बाधा दौड) मा आर्मीका निर कुमार चौधरीले १५ दशमलव ५६ सेकेन्डसहित स्वर्ण जिते । पुलिसका चन्द्रदेव जोशीले १५ दशमलव ६७ सेकेन्डको समयसहित रजत तथा आर्मीका अशोक कुवँरले १६ दशमलव ७० सेकेन्डको समयसहित कास्य जितिन् ।

महिला त्रिपल जम्पमा एपीएफका शीला चौधरीले ११.१४ मिटर टाढा जम्प गर्दै स्वर्ण जितिन् । प्रदेश ५ की पुजा चौधरी १०.५० मिटर जम्प गर्दै रजत तथा प्रदेश ५ कै सीमा चौधरीले १०.३७ मिटर जम्प गर्दै कास्य जितिन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.