7 years ago
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद)– उपाधिको दावेदार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रदेश ५ मा जारी आठौं अन्तर्गतको पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् ।

बाँकेको खजुरास्थित नवनिर्मित भलिबल कोर्टमा आर्मीले अर्काे विभागीय टोली नेपाल एपीएफ क्लबमाथि ३–२ को संघर्षपुर्ण जित निकाल्दै उपाधिनजिक पुगेको हो ।
पुलिसले गण्डकीको चुनौती ३–१ ले पन्छाएर आर्मीसँगको भेट पक्का ग¥यो । अघिल्लो वर्ष तीन फाइनलमा पुलिसले आर्मीलाई पराजित गरेको छ ।
आर्मीले पहिलो सेट १८–२५ ले गुमाएको थियो । दोस्रो सेट आर्मीले २५–२२ ले जितेपछि खेल १–१ सेटको बराबरीमा पुग्यो ।

निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट आर्मीले ३१–३३ ले गुमाउदा एपीएफले २–१ को सेटको अग्रता बनायो । तर, त्यसपछिको दुवै सेट आर्मीले २५–२१ र १५–११ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो ।
अर्काे सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशमासथि ३–१ को जित निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का ग¥यो ।
पुलिसले पहिलो र दोस्रो सेट क्रमशः २५–१५ र २५–१५ ले जित्दै खेललाई आफ्नो नियन्त्रणमा लिइसकेको थियो । तेस्रो सेट गण्डकीले २५–२० ले जित्दै खेलमा फर्कने संकेत दिएपनि चौथो सेट पुलिसले २५–२० ले जित्दै फाइनलमा पुग्न सफल भयो ।
महिलातर्फ आजै सेमिफाइनलका खेल हुदैछ । सेमिफाइनलमा प्रदेश ३ र पुलिस तथा एपीएफ र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । पुरुष र महिला दुवैको फाइनल बुधबार बिहान हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]