7 years ago
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराते प्रतियोगितामा च्याम्पियन बनेको छ ।

दाङ तुलसीपुर स्थीत कर्भडहलमा सञ्चालित प्रतियोगितामा प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पियन बनेको हो ।
त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले उपविजेतामा चित्त बुझायो । ३ नम्बर प्रदेश २ स्वर्ण १ रजत र १ कांस्य पदकका साथ तृतीय स्थान हासिल ग¥यो ।
करातेको अन्तिम दिन मंगलबार सम्पन्न पुरुष कुमुते ६० केजी तौलसमूहमा नेपाल पुलिस क्लबका राजिव पुडासैनीले स्वर्ण पदक हात पारे । त्यस्तै प्रदेश नं ४ का राजकुमार रसाइलीले रजत जित्दा सुदूरपश्चिम प्रदेशका जगतसिंह घानुक र एपीएफका मोहन कार्कीले कांस्य पदक हात पारे ।
प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एन।आर।एन।को सहभागिता रहेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]