7 years ago
April 24, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अधिकार गण्डकी प्रदेशलाई दिने निर्णय भएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले हाम्रो खेलकुदलाई जानकारी गराए ।
सदस्यसचिव विष्टका अनुसार नवौं आयोजनाका लागि कुनैपनि प्रदेशले दावी नगरेको र सातौको बेला नै नवौ गण्डकी प्रदेश (पश्चिमाञ्चल) मा गर्ने सैद्धान्तिक सहमति अनुसार अघि बढेको बताए ।
गरेको हो । नेपालगञ्जमा आज सम्पन्न हुने आठौं राष्ट्रिय खेलकुदको समापनको कार्यक्रम पछि नवौंको झन्डा गण्डकी प्रदेशलाई प्रदान गरिने छ । आयोजना अधिकारसहित झन्डा गन्डकी प्रदेश खेलकुद बिकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले ग्रहण गर्नेछन् ।
वर्तमान युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार गण्डकी प्रदेशकै जनप्रतिनिधि हुने । मन्त्री विश्वकर्मा, सदस्यसचिव केशव कुमार विष्ट र खेलकुद मन्त्रालयको समन्वयमा गण्डकी प्रदेशलाई नै नवौंको आयोजना अधिकार दिइएको हो ।
प्रदेश १ (साविकको पुर्वाञ्चल) मा सातौ समापनकै अवसरमा नै आठौं प्रदेश ४ (मध्यपश्चिम) र नवौं (पश्चिमाञ्चल) मा गर्ने सैद्धान्तिक सहमति भएको थियो ।
पोखरामा दोश्रो राष्ट्रिय खेलकुद २०४० मा आयोजना गरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]