default_image

7 years ago

April 24, 2019

आठौंको समापनमा गम्भीर त्रुटि

151 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– भव्य उदघाटन र सफल आयोजनाका कारण आठौं राष्ट्रिय खेलकुदले चर्चा पाएपनि समापन भने खल्लो भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गम्भिर त्रुटीका कारण पदक तालिकामा फरक पर्दा पुरस्कार वितरण समारोहमा गल्ति भएको हो । जसका कारण आठौं च्याम्पियन टोली उहि घोषणा हुँदा दोस्रो र तेस्रो हुने टोली घोषणा भने फरक भएको छ । समापनका अवसरमा आर्मीलाई च्याम्पियन तथा नेपाल एपीएफलाई दोसो र पुलिसलाई तेस्रो घोषणा गरियो । तर, राखेपको प्रचार विभागले उपलब्ध गराएको पदक तालिका अनुसार भने पुलिस दोस्रो र एपिएफ तेस्रो रहेको छ ।

समापनका अवसरमा कार्यक्रम सन्चालकले पुलिसले ४९ स्वर्ण, ५५ रजत र ४४ कास्य पदक पाप्त गर्दै तेस्रो स्थान हासिल गरेको घोषणा गरेका थिए । तर राखेप आफैंले पदक तालिकामा ६२ स्वर्ण, ४९ रजत र ४६ कास्य गरी कुल १ सय ५७ पदक जितेको उल्लेख गरेको छ

त्यस्तै एपीएफले ५१ स्वर्ण ६५ रजत र ७० कास्य पदक गरी तेस्रो स्थान हासिल उल्लेख गरिएको छ । जबकी राखेपले पठाएको पदक तालिकामा एपिएफले ५४ स्वर्ण ६९ रजत र ८० कास्य गरी कुल २ सय पदक जितेको उल्लेख छ ।

टिम च्याम्पियन बनेको आर्मीको पदक तालिकामा पनि फरक फरक पदक संख्या उल्लेख भएको छ । समापनमा च्याम्पियन आर्मीले १३७ स्वर्ण, ७७ रजत र ६६ कास्य पदक जितेको बताइएको थियो । जबकी राखेपले पठाएको पदक तालिकामा १४० स्वर्ण, ८२ रजत, ६७ कास्य गरी कुल २८८ पदक जितेको जनाइएको छ ।

प्राविधिक समितिका संयोजक गंगाबहादुर थापामगरले आफ्नै समितिको कमजोरी रहेको स्विकारे । ‘ हामीले कम्प्युटर इन्ट्री गर्दा गल्ती भएको रहेछ । प्रचार प्रसार समितिले उपलब्ध गराएको सहि थियो ‌,’ उनले भने ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.