7 years ago
June 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय कारवाहीमा परेपछि दुई प्रतियोगिता गुमाएका कप्तान मानबहादुर श्रेष्ठले पुनरागमन गरेको खेलमा साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल विजयी शुरुवात गरेको छ ।

विभागीय कारवाहीमा परेपछि मानबहादुरले आठौं बृहत् राष्ट्रिय खेलकुद र पाथिभारा पुरुष भलिबल प्रतियोगिता गुमाएको थियो । सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा आइतबार भएको खेलमा यसअघिको तीनै संस्करणको च्याम्पयन आर्मीले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सहज जित निकाल्यो । एकपक्षीय खेलमा आर्मीले सुदूरमाथि २५–१०, २५–१९ र २५–११ को सहज जित निकाल्यो ।
आइतबारै भएको अर्काे खेलमा गण्डकी प्रदेशले प्रदेश ५ माथि ३–१ को जित निकाल्दै विजयी सुरुवात गरेको छ । पहिलो सेट सहजै २५–११ ले जितको गण्डकीले दोस्रो सेटमा जितनजिक पुगेर पनि २६–२८ ले गुमाएको थियो । गण्डकीले २४–२१ को अवस्थामा खेल गुमाएको थियो । तर, त्यसपछिको दुवै सेट २५–१६ र २५–२० ले जित्न सफल भयो ।
अर्को खेलमा प्रदेश १ ले प्रदेश २ लाई २३–२५, २५–१९, २५–१९ र २५–१५ ले हरायो प्रदेश ३ ले प्रदेश ६ माथि १८–२५, २५–१७, २५–१८ र २६–२४ को जित निकाल्यो । लिगमा सोमबार समूह चरणका चार खेल हुनेछ । पहिलो खेलमा पुलिस र कर्णाली, एपीएफ र प्रदेश २, गण्डकी र प्रदेश ३ तथा आर्मी र प्रदेश १ बीच खेल हुनेछ । २६ जेठसम्म गते सम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशसहित १० टोलीको सहभागिता रहेको छ ।
लिग कम आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । आठ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ३ लाख रुपैया हात पार्नेछ । उपविजेताले १ लाख ५० हजार तथा तेस्रोले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक हात पार्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]