default_image

10 years ago

May 18, 2016

कार्कीको लपु–लुम्बिनी च्यारिटी दौड

129 views

0 Bookmark

धावक रामसुन्दर कार्कीको ललितपुरदेखि लुम्बिनीसम्मको च्यारिटी दौड बुधबारदेखि प्रारम्भ भएको छ । जावखेलस्थित नेपाल बाल संगठनको प्राङ्गणदेखि कार्कीले दौड यात्रा प्रारम्भ गरेका हुन् । कार्कीलाई पूर्व सांसद रामकृष्ण चित्रकारलगायतले सफलताको शुभकामना दिदै बिदाइ गरे ।
1(2)
यसअघि उपत्यकादेखि लुम्बिनीसम्म कार्कीले पाँचपटक दौडि सकेका छन् । दौडका दौरान कार्कीलाई कुमार कार्कीले स्कर्टिङमा सहयोग गरिरहेका छन् ।

२०७२ सालको बैशाखमा गएको भूकम्पले क्षति पुगेको नक्सालस्थित नेपाल बाल संगठनको भवन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले दौडिएको कार्कीले जनाएका छन् ।

पहिलो दिन कार्की मुङलिङमा वास बस्नेछन् भने बुद्धजयन्तीका दिन जेठ ८ गते, शनिबार बिहान लुम्बिनी पुग्ने बताइएको छ । त्यसदिन कार्की लुम्बिनीमै बुद्धजयन्तीका अवसरमा हुने ¥यालीमा पनि सहभागी हुने कार्यक्रम छ ।            २०७२ सालको बैशाखमागएको भूकम्पकारणपीडित दोलखाको चरिकोटस्थितगौरीशंकर बाल गृहमाआश्रित अनाथ र असाहय बालवालिकाका लागि दुई कोठे भूकम्प प्रतिरोधात्मक भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले कार्कीसहित राजप्रधान, नारायण आचार्य र डेविड जे.इन्ग्रामको चार सदस्यीय टोली ललितपुरदेखि दोलखासम्म गत बैशाखमा दौडेका थिए ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.