default_image

6 years ago

June 22, 2019

‘ओलम्पिक डे’ स्क्वासमा दिदीभाई च्याम्पियन

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ‘ओलम्पिक डे’ को अवसरमा आयोजना भएको ललितपुर प्याट्रिएट्स स्क्वास च्याम्पियनसिपमा दिदी कृष्णा थापामगर र भाई अमृत थापामगर च्याम्पियन बनेका छन् । कृष्णा महिलामा तथा अमृत पुरुषमा पहिला भएका हुन् ।

सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा च्याम्पियन बनेका दिदी भाई दुवैले अर्का दिदीभाई भावना सुुनुवार र आकास सुनुवारलाई पराजित गर्दै च्याम्पियन बनेका हुन् ।
पुरुषतर्फको फाइनलमा अमृतले आकासमाथि ३–० को सहज जित निकाल्यो ।

पहिलो सेट ११–४ र दोस्रो सेट ११–२ ले जितेको अमृतले तेस्रो सेट जित्न संघर्ष गर्नुपरेको थियो । पुरुषमा अमिर ब्लोनले तेस्रो स्थान हात पारे । महिलामा कृष्णाले भावना सुनुवारलाई ३–१ को सेटमा हराईन् ।

कृष्णाले पहिलो सेट ७–११ ले गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भएकी थिइन् । दोस्रो सेटमा कृष्णा ११–५, तेस्रो सेट ११–५ र चौथो सेट ११–४ ले जित्न सफल भएको थियो । कृष्णाले भावनालाई गत चैत/बैशाखमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा पनि पराजित गरेकी थिइन् ।

महिलामा विपना ब्लोन र स्वस्थानी श्रेष्ठ तेस्रो भइन् । प्लेट च्याम्पियसिपतर्फ महेन्द महर्जनले सुभेन्द्र जोशीलाई ३–० ले हरायो । यु–१७ ब्वाइजमा गोपाल थापाले रोहन नेपालीलाई ११–७ र ११–१ ले पराजित गर्दै उपाधि जिते ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.