default_image

6 years ago

June 23, 2019

बीच भलिबल : तीन विभागसँगै गण्डकी फाइनलमा

150 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – तीनै विभागीय क्लब तथा गण्डकी प्रदेशले महिला तथा पुरुष बीच भलिबलको उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् ।

महिलातर्फ एपीएफ ‘ए’ र पुरुषतर्फ आर्मी ‘ए’ को जोडी

पोखरामा जारी सातौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब ‘ए’ र गण्डकी ‘बी’ ले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै छैटौं महिला राष्ट्रिय बीच भलिबलको उपाधिका लागि नेपाल पुलिस क्लब ‘ए’ र नेपाल एपीएफ क्लब ‘ए’ ले भिड्नेछन् ।

विनिता बुढाथोकी र नेविका चौधरीको एपीएफ जोडीले पुष्पा चौधरी र मनीषा चौधरीको पुलिस ‘बी’ को जोडीलाई २१–९, २१–१४ को सोझो सेटमा हराउँदै फाइनलको तय गरेको हो । एपीएफले अब अघिल्लो दिन नै फाइनलमा स्थान पक्का गरेका निता शाह र कोपिला उप्रेतीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार एपीएफ र पुलिस को खेल १–१ को बराबरीको अवस्थामा वर्षा र खराब प्रकाशका कारण स्थागित गरिएको थियो । आज सुरुबाट भएको सेमिफाइनलमा एपिएफ पूर्ण रुपमा हावी भएको थियो ।

पुरुषतर्फ क्वाटरफाइनलमा मानबहादुर श्रेष्ठ र दिल सुनारको त्रिभुवन आर्मी ‘ए’ ले एपीएफ ए लाई २१-१४,२१-१८ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै अर्को खेलमा रमेश केसी र सन्जु विक्रम शाहीको गण्डकी ए ले आर्मी बी लाई २२-२०,१८-२१ र १५-१३ को सेटमा पराजित गरेको थियो । चक्र कुँवर र तोरण चन्दको पुलिस ए ले प्रदेश ३ बी लाई २१-१५ र २१- ९ को सोझो सेटमा पराजित गर्यो । राजु विक र अनिल मगरको गण्डकी बी ले पुलिसको बी टिमलाई ले २१-१२ र २१-१२ को ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

आइतबारै भएको पुरुषको पहिलो सेमिफाईनल खेलमा आर्मी ‘ए’ ले गण्डकी ‘ए’ लाई १५-२१,२१-१२ र १५-११ ले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । त्यस्तै अर्को सेमिफाइनल खेलमा गण्डकी बी ले पुलिस ए लाई २१-२३,२१-१८,१५-९ को सेटले पराजित गर्दै आर्मीसँग फाईनल भेट पक्का गरेको हो ।

महिला र पुरुषतर्फ दुवै फाइनल खेल सोमबार हुने आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । राष्ट्रिय भलिबल टोलीको बन्द प्रशिक्षणमा समेटिएका खेलाडी सहभागी हुन नपाउने भएपछि टोलीमा नपरेका अनुभवी खेलाडीले बीच भलिबलमा वर्चस्व जमाएका छन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

Success

Thank you for your time.