6 years ago
August 3, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघको आयोजनामा तेक्वान्दो केयर्स कार्यक्रमको उद्घाटन तथा विभिन्न व्यक्तित्वलाई सम्मान कार्यक्रममा शनिबार सम्पन्न भएको छ ।

तेक्वान्दो संघले विश्व तेक्वान्दो महासंघ (डब्लूटिएफ) का अध्यक्ष चुङवन चोएसहित नेपाली तेक्वान्दोका पहिलो विदेशी प्रशिक्षक जे क्यून शिनलाई सम्मान गरेको थियो । संघले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्याएको भन्दै सामाजिक हिरोको रुपमा ट्याक्सी ड्राइभर धरानका सिमल राई र गायक अशोक दर्जीलाई झापादेखि काठमाडौं ल्याएका टंक बुढाथोकीलाई सम्मान गरेको थियो ।
यस्तै अध्यक्ष चोएले डब्लूटिएफको नीति तथा कार्यक्रम अनुसार महिला हिंसाबाट पीडित बालिकाहरु र कैदी जीवन बिताइरहेको अभिभावाहरुका बालबच्चालाई लक्षित गरि सञ्चालन भइरहेको वल्र्ड तेक्वान्दो केयर्स प्रोजेक्टकोउद्घाटन पनि गरे ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा शनिबार आयोजना भएको कार्यक्रममा विश्व तेक्वान्दो महासंघले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना, संघीय संसदका सांसद माननीय कृष्णकुमार श्रेष्ठ लगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो । नेपालमा तेक्वान्दो खेलको विकास र विस्तारमा सहयोग पुर्याउने झन्डै २ दर्जन व्यक्तित्वलाई महासंघले सम्मानित गरेको हो ।

सम्मानित हुनेमा खेल पत्रकारद्वय द हिमालयन टाइम्सका महेश आचार्य, नेपालन्युज डट कमका अजय फुयाल, संघका कोषाध्यक्ष कसीम मिया, मेन्टर इन्स्टिच्युटका प्रबन्ध निर्देशक हेमन्त भट्टराइ लगायत रहेका छन् । यस्तै सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन, संघका उपाध्यक्षहरु भानबहादुर चन्द, हरिश्वोर पोखरेल र दिल बहादुर ओली तथा प्रशिक्षक कुमार लामा, राखेप इन्जिनियर अरुण उपाध्याय लगायत सम्मानित भएका थिए ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समिकरण पुरा भएको छ। लुम्बिनीले साबिक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन र पोखरा पनि लिग चरणबाट बाहिरिए। सुदुरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष चारमा रहन सफल […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]