default_image

6 years ago

November 20, 2019

भिआइपी प्याराफिटमा छानो हाल्न शुरु

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापन हुने त्रिपुरेश्वस्थित दशरथ रंगशालाको भिआइपी प्याराफिटतर्फ छानो हाल्ने कार्य शुरु भएको छ ।

बुधबारबाट भिआइपी प्याराफिटतर्फ चीनबाट ल्याइएको फेवरिक छानो हाल्न शुरु गरिएको हो । साग नजिकिदै गर्दा भिआइपीतर्फको छानो हाल्ने कार्य नसकिने हो कि भन्ने चिन्ता बढेपनि एक साताभित्र छानो हाल्ने कार्य सकिने राखेपले जनाएको छ । चीनमै रोकिएको छानो एयर कार्गोमार्फत निर्माणस्थलबाट गोन्जाओ हुँदै चाईना साउथन एयरलाईन्समार्फत नेपाल एक साताअघि नेपाल आइपुगेको थियो । गत शुक्रबारबाटै छानो हाल्ने कार्य थालनी गरिने बताएपनि डिजाइन र साइजमा फरक हुँदा  ढिला गरी बुधबारबाट कार्य शुरु भएको हो ।

रंगशालाको ताजा अवस्थाको भिडियो हेर्नुहोस :

प्याराफिटमा लाग्ने भन्दा ठुलो साइजको छानो रहेका कारण फिटिङमा समस्या भइरहेको छ । तर, राखेपले एक साताभित्र छानो हाल्ने कार्य सकिने जनाएको छ । राखेपका अनुसार १० गते सम्म फिटिङ लागि समय लाग्ने भएको छ । छानोका लागि १९ वटा पोल र ट्रस खडा भइसकेका छन् ।

कपडा जस्तै धुन मिल्ने विशेषता रहेको टेन्साइल फेवरिक छानोको मुल्य ४ करोड ५५ लाख रुपैयाँ रहेको छ । साधारण प्यारापिटतर्फको भने यसअघि नै छानो हाल्ने कार्य सम्पन्न भइसकेको छ । अहिले साधारण प्याराफिटतर्फ सिट (कुर्ची) हाल्ने कार्य अन्तिम चरणमा छ । भीआईपीतर्फ भने छानो हाल्ने कार्य सकिएपछि कुर्सि हालिनेछ ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.