default_image

4 years ago

November 23, 2019

सहर चिनाउँदै नेपालगन्ज म्याराथन

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनको पाँचौं संस्करण आज आयोजना हुँदैछ । ५ वर्षअघि २ सय भन्दा केहि बढीको सहभागितामा सुरु भएको म्याराथन अहिले आइपुग्दा १० गुणा भन्दा बढीको सहभागिता हुन थालेको छ । विस्तारै आकार बढाउँदै लगेको म्याराथनको आयोजना, यसको महत्व, यसले समाजमा पार्ने प्रभाव र यसको आयोजनबाट गरिएको अपेक्षाका बारेमा टिम लिडर […]

28 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनको पाँचौं संस्करण आज आयोजना हुँदैछ । ५ वर्षअघि २ सय भन्दा केहि बढीको सहभागितामा सुरु भएको म्याराथन अहिले आइपुग्दा १० गुणा भन्दा बढीको सहभागिता हुन थालेको छ ।

विस्तारै आकार बढाउँदै लगेको म्याराथनको आयोजना, यसको महत्व, यसले समाजमा पार्ने प्रभाव र यसको आयोजनबाट गरिएको अपेक्षाका बारेमा टिम लिडर टीएस ठकुरीसँग गरिएको अन्तवार्ताको सम्पादित अंश :

१. नेपालगन्ज म्याराथन के का लागि ? यसको महत्व र आवश्यकतालाई कसरी बुझाउनु हुन्छ ?

– सुरुमा म पनि म्याराथन भनेका एउटा एक दिने इभेन्ट हो भन्ने ठान्थे । केहि धावकहरु जम्मा हुने दौडने र त्यसबाट विजेता, उप विजेता छानिने भन्ने मात्र मेरो बुझाई थियो । तर, जब हामी प्रत्यक्ष रुपमा आयोजकका हिसाबले जोडियौं त्यसपछि विस्तारै यसको महत्व बुझ्दै गयौं । खासमा विश्वभर आयोजना हुने सहर केन्द्रित म्याराथन आयोजनाबाटै पहिला हामी प्रभावित भएका हौं । त्यसलाई आफ्नो सहरमा कसरी जोड्न सकिन्छ भन्ने सोचलाई अघि बढाउँदै नेपालगन्ज म्याराथन आयोजना गरिएको हो ।

एक वाक्यमा भन्नुपर्दा नेपालगन्जको प्रबद्र्धनका लागि नै म्याराथन आयोजना गरिएको हो । अहिले बृहत अर्थमा बुझ्ने हो भने एक दिने इभेन्ट भएपनि योसँग धेरै विषय जोडिएर आउने हामीले महसुस गरेका छौं । विस्तारै म्याराथन सहरको परिचय बन्दै जाने विश्वका ठूला म्याराथनबाट पनि प्रमाणित भइसकेको छ । आज सफल भनिएका म्याराथन पनि सुरुवातमा सानो संख्याको सहभागिताबाटै सुरु भएका हुन् । हामीले पनि सुरु गर्दाको सहभागिता आजको अवस्थामा आइपुग्दा अवस्था फरक पाउँछौं । २ सयको सहभागिताबाट सुरु भएको म्याराथन पाँचौं संस्करणमा आइपुग्दा त्यसको १० गुणा भन्दा बढीको प्रत्यक्ष सहभागिता हुन थालेको छ । हामी यसरी नै सबैको उपस्थिति होस् र अझै बृहत बन्दै जाओस् भन्ने जान चाहन्छौं ।

अर्को हामीले विश्वका हरेक म्याराथनको कुनै न कुनै सन्दर्भ पारेर आयोजना हुन्छन् । त्यसलाई अनुसरण गर्ने क्रममा हामीले मंसिर ५ लाई छानेका हौं । मंसिर ५ मा सरकार र तत्कालिन शसस्त्र युद्ध गरिरहेको नेकपा माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिनलाई हामीले स्मरण गर्न चाहेका हौं । त्यहिबाट नेपालले शान्तिबाटोमा पुनः हिड्न सुरु गरेको भन्ने सन्देश दिन हामीले यो म्याराथनका आयोजना गरेका हौं । सुरुको तीन संस्करण मंसिर ५ गते नै आयोजन गर्यौं । पछि सबैको सल्लाहमा मंसिर ५ पछिको पहिलो शनिबार यो म्याराथन आयोजना गर्दै आएका छौं । यसले सबै क्षेत्र पेशा व्यवासय, विधार्थी, शिक्षकलगायत समाजका सबै तहका मानिसहरुलाई जोड्न सफल भएका छौ. ।

२. आयोजकका रुपमा तपाईंको नेतृत्वले नेपालगन्जसँग गरेको अपेक्षा के हो ?

– म आफैं अध्ययन र पत्रकारिताको लागि लामो समय काठमाडौं बसे । राजधानीबाट हेर्दा नेपालगन्ज कुनै पनि क्षेत्रमा प्राथमिकतामा छैन । पयर्टनका हिसाबले नेपालगन्ज गन्तव्य स्थल होइन भन्ने अवधारण छ । जब म काठमाडौंबाट नेपालगन्ज फर्केपछि आफ्नो ठाँउका लागि केहि गर्नुपर्छ भन्ने सोच आयो । त्यसका लागि केहि न कहिबाट सुरु गर्नुपर्छ भन्ने लाग्यो ।

यस्तो अभियान सुरु गरौं जसमा समाजका हरेक व्यक्तिलाई जोड्न सकौं भन्ने थियो । त्यसका लागि म्याराथन उपयुक्त हुन्छ भन्ने लाग्यो । खेलकुदका हिसाबले म नेपालगन्जको चारवटा पुस्ता रह्यो भन्ने बुझ्छु । एउटा सुरेन्द्र हमाल जसले ओलम्पिकमा समेत देशका प्रतिनिधित्व गर्दै नेपालगन्जको नाम राख्नु भयो । अर्को रतन टण्डन जसले २०५५ सालमा चौथो राष्ट्रिय खेलकुद आयोजना गर्न सबैभन्दा मुख्य भूमिका निर्वाह गर्नुभएको थियो । अर्को क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री र उहाँले सुरु गरेको महिला क्रिकेटको अभियान ।

कुनै बेला महिला क्रिकेटले नेपालगन्जको परिचय बोकेको थियो । र अहिले हाम्रो पुस्ता तयार भएको छ , जसले खेलकुदका माध्यमबाट नेपालगन्जलाई देशभर परिचित गराउनुपर्द भन्ने अभियानमा लागेका छौ । त्यसमा खेलकुदकै ३ वटा महत्वपूर्ण इभेन्ट्स नेपालगन्ज गोल्ड कप फुटबल, प्रधानमन्त्री कप महिला भलिबल र म्याराथन छन् । यी सबै खेलकुद वा अन्य इभेन्ट्स हुन् यी सबै नेपालगन्जको चिनारीसँग जोडिएका छन् । समाजका हरेक तत्काबाट हामीले आ आफ्नो ठाँउबाट सहयोगी भूमिकाको अपेक्षा गरेका छौं । स्थानियहरुको सहयोग विना यस्ता इभेन्ट्स आयोजना हुन सक्दैनन् । आयोजना भइ हाले पनि सफल हुन सक्दैनन् ।

अर्को म्यराथानको सौन्दर्य भनेको यसमा उमेर , लिङ, धर्मले फरक कुनै असर गर्दैछ । यसमा महिला, पुरुष, बालबालिका, बृद्ध, पेशा व्यवसायी, विधार्थी, पेशाकर्मी सबैले एकै पटक सेलिब्रेट गर्न पाउने इभेन्ट्स हो । हाम्रो आग्रह छ सबैले म्याराथनमा भाग लियौं । भाग लिन नसक्नेले आफ्नो नजिक सडकमा निस्केर सहभागीको हौसला बढाउने काम गरौं । कुनै न कुनै रुपमा म्याराथनमा आबद्ध हौं । हामीले सबैको साथ चाहेका छौं ।

३. पाँचौं संस्करणको तयारी सकिंदासम्मको सिकाई ?

– यो पाँच वर्षमा धेरै अनुभव बटुलिएको छ । समाजको मनोविज्ञान बुझ्न समय लाग्छ । समाजलाई बुझाउन पनि समय लाग्छ । तर, निरन्तरत प्रयास भने जारी राख्नुपर्दछ । जसरी म्याराथनमा भाग लिएर दौड पुरा गर्न जस्तो धर्यता र निरन्तरको साधान चाहिन्छ , यसको आयोजना र सफलताका लागि पनि समय र धर्यता चाहिने महसुस गरेको छु । एउटा समय थियो हामीले आयोजना गरेको म्याराथनलाई शंकाको दृष्टिले हेरिन्थ्यो । त्यसलाई हामीले अन्यथा पनि लिनु हुँदैछ ।

सबैभन्दा ठूलो यसको आयोजनाको निरन्तरतामा सबैको शंका हुन गर्दछ । जब निरन्तर आयोजना हुन्छ विश्वास पनि बढ्न थाल्छ । हामीले अहिले त्यहि अनुभव गरेका छौं । धारा शुद्ध तोरीको तेलले हामीलाई मुख्य प्रायोजकका रुपमा २ वर्षको सम्झौता गरिससकेको छ । सह प्रायोजकका रुपमा आर्शिवाद् पेन्ट्स, राष्ट्रिय बाणिज्य बैंक, निदान डाइगोनोस्टिकलगायत अन्य हामीसँग जोडिनु भएको छ । यो भनेको हामीले आर्जन गरेको विश्वास नै हो । सफलता एकै दिनको प्रयासमा आउँदैन । यसका लागि निरन्तर एउटा अभियानमा जुट्नु पर्छ । त्यसले एक दिन सबैले विश्वास गर्ने वातावरण तयार हुन्छ ।

४.नेपालगन्ज म्याराथनबाट नेपालगन्जले चाहिं के प्रतिफलको आशा गर्न सक्छ ?

– पहिलो त हामीले समाजका हरेक तहका र उमेरका मान्छेलाई नेपालगन्जको बारेमा सन्देश दिन सक्नुपर्दछ । त्यसपछि मात्र प्रतिफलको विषय बन्न सक्छ । हिजो सिमित संख्याबाट सुरु भएको बर्लिन म्याराथनमा अहिले ८० हजार भन्दा बढी दौडन्छन् । त्यहि सख्यामा हुन नसक्ला तर कुनै दिन हामी नेपालगन्जमा देशभरको प्रतिनिधित्व हुने गरि दौडान सकिन्छ भन्ने आशाका साथ लागिरहेका छौं । खेलकुद र साहित्यको सिमना हुँदैन भनिन्छ । हामी त्यसकै माध्यमबाट नेपालगन्जलाई गन्तव्यस्थल बनाउने अभियानमा छौं । यसले नेपालगन्जको पयर्टनमा पनि केहि न कहि टेवा पुर्याउने छ । यहाँको आर्थिक गतिविधिलाई बढाउनेछ ।

नेपालगन्ज ट्रान्जिट प्वाइन्ट भन्ने अवधारणालाई बदलेर नेपालगन्ज एक पटक पुग्नै पर्ने ठाँउ हो भन्ने सन्देश दिनुपर्छ भन्ने हाम्रो अभियान हो । खेलकुद र साहित्यले आउने दिनमा नेपालगन्जलाई अझै बढी परिचय दिनेछ । नेपालगन्जमा होटलहरुको समस्या छैन । अब हामीले पहिलो त आन्तरिक पयर्टनलाई बढाउन खेलकुदलाई एउटा माध्यम बनाउने भन्ने हो । अबको अर्को पाटो भनेको नेपालगन्ज आउने आन्तरिक पयर्टकलाई यहाँ धेरै भन्दा धेरै दिन बस्ने वातावरण बनाउन आवश्यक छ । त्यसका लागि हामीसँग भएको धार्मिक स्थल, पर्यटकिय स्थलको विकास गर्नुपर्दछ । त्यसका लागि स्थानिय निकायले ध्यान दिन आवश्यक छ । जति बढी पयर्टनलाई हामीले सहरमा राख्न सक्छौं त्यति सारादेखि ठूला व्यापारिकलाई र स्थानियलाई आर्थिक रुपमा फाइदा पुग्छ । सबैमा प्रभाव परेपछि त्यसै पनि सहर चलायमान हुनेछ ।

५. तपाईंहरु म्याराथनदेखि, नेपालगन्ज लिट्रेचर फेष्टिभलदेखि प्रधानमन्त्री कप भलिबल प्रतियोगिता सम्मका आयोजना गरिरहनुभएको छ । वास्तवमा नेपालगन्जले कस्ता इभेण्टलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने लाग्छ ?

– हाम्रो टिमले नेपालगन्जलाई हरेक क्षेत्रबाट ब्रान्डिङ गर्नुपर्दछ भन्ने अभियानको सुरुवात गरेका छौं । कुनै पनि इभेन्टमा नेपालगन्ज केन्द्रविन्दुमा हुनुपर्दछ । त्यसमा खेलकुद, साहित्य वा अन्य कुनै पनि विषय होस् पहिला नेपालगन्ज त्यसपछि इभेन्ट जोडिएर आउँनुपर्दछ । त्यसले नेपालगन्जको निरन्तरताले देशभरका मानिसको ध्यान खिच्ने छ । लगातार नाम सुनेपछि त्यो ठाँउ पुग्ने कौतुहलता पनि हुनेछ । अहिले नेपालगन्जमा नेपालगन्ज गोल्डकप, महिला भलिबल , म्यराथन, फिल्म फेस्बिलका कारण पनि परिचित हुने क्रममा छ ।

हामीले चाहे जस्तो संख्यामा सबै क्षेत्रका व्यत्तिलाई नेपालगन्ज ल्याउने वातावरणका लागि अझै केहि वर्ष मेहनत गर्नुपर्ने हुन सक्छ । तर, प्रयास जारी राख्दा त्यो सम्भव छ भन्ने लाग्छ । नेपालगन्जको ब्रान्डिङका लागि हामी मात्र होइन, स्थानिय सरकार र प्रदेश सरकारले पनि त्यस्तै कार्यक्रमहरुको आयोजना गर्दैजानु पर्दछ । यदि स्थानिय सरकारले आफैले आयोजना गर्ने अवस्था छैन भने यो क्षेत्र क्षेत्रमा आयोजना हुने सबै खाले इभेन्ट्सलाई स्थानिय निकायले सहयोग गर्नुपर्दछ । अपनत्व देखाउनुपर्दछ । नेपालगन्ज सबै क्षेत्रको इभेन्ट्स आयोजनाका लागि सक्षम छ । यसमा खेलकुद, साहित्य, फिल्म, सास्कृति कार्यक्रम मुख्य हुन सक्छन् ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.