default_image

6 years ago

November 28, 2019

तेक्वान्दोमा भारतको ‘इन्ट्री’, कराँते र आर्चरीमा असफल

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा भारतको ‘इन्ट्री’ भएको छ । सागको औपचारिक उद्घाटन हुन ३ दिन मात्रै समय बाँकी रहँदा भारतले तेक्वान्दो, कराँते र आर्चरीमा सहभागिताको लागि पहल गरेपनि तेक्वान्दोमा मात्रै प्रवेश पाएको हो ।

नेपाल ओलम्पिक कमिटिका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले आइसोसी र विश्व तेक्वान्दो महासंघको आग्रहमा भारतलाई तेक्वान्दोमा प्रवेश गराइएको हाम्रो खेलकुदलाई जानकारी गारए । भारतले तेक्वान्दोको सबै विधामा ३३ जना खेलाडी दर्ता गरेको छ ।

नोभेम्बर २० सम्ममा खेलाडी दर्ताका लागि अन्तिम मिति तय गरिएको थियो । भारतका सम्बद्ध संघहरु विवादमा रहेका कारण खेलाडी दर्ता हुन सकेको थिएन । दक्षिण एसियामा भारत तेक्वान्दो, कराते र आर्चरीमा बलियो प्रतिस्पर्धी राष्ट्र हो । सागमा आर्चरीमा १०, तेक्वान्दोमा २९ र करातेमा १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । यी तीनै खेल नेपालले सर्वाधिक पदक आशा गरेको खेल हुन् ।

यससँगै भारतले सागमा २१ खेलमा सहभागिता जनाउने पक्का भएको छ । सागको औपचारिक उद्घाटन मंसिर १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । नेपालसहित ७ राष्ट्रका ३ हजार बढी खेलाडीले २६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् । सागमा समान ३ सय १७ स्वर्ण र रजत पदक तथा ४ सय ८१ कस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले मात्र सबै २६ खेलमा भाग लिएको छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.