6 years ago
December 1, 2019
प्रकाश तिमल्सिना, काठमाडौं
अनेक शंकालाई चिर्दै दक्षिण एसियाली खेलकुद (साग) १३ औं संस्करणको औपचारिक उद्घाटन आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुँदैछ । नेपालले तेस्रो पटक साग आयोजना गर्नका लागि लागि मुख्य चुनौति भौतिक पूर्वाधार थियो ।
त्यसमा पनि दशरथ रंगशालाको पूर्न निर्माण समयमा सकिन्छ सकिन्न भन्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) नै ढुक्क हुने अवस्था थिएन । तथापी राखेप नेतृत्वले समयमा सक्छौं भन्ने पटक पटक मिति तोक्दै आएपछि पूर्न निर्मार्णको सबै काम भने अझै सकिएको छैन । तर, अब केहि काम बाँकी रहँदाकै अवस्थामा भएपनि रंगशाला साग उद्घाटनका लागि तयार भएको छ ।
दुई दिन अघि भव्य रिहर्सल पनि भइसकेको छ । अबको १० दिन नेपाल आफ्नासहित दक्षिण एसियाका भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशका खेलाडी, प्रशिक्षक र अन्य खेल पदाधिकारी गरि ७ हजार भन्दा बढीको आतिथ्यता गर्नेछ ।
३५ वर्ष लामो इतिहास बोकेको साग नेपालले तेस्रो पटक आयोजना हुँदैछ । धेरैलाई लागेको थियो, यसअघि दुई पटक मिति सरिसकेको साग यसपटक पनि तोकिएको मितिमा हुन सक्दैन । राखेपका सदस्य सचिव रमेशकुमार सिलवालको आगमनसँग छोटो समयमा नेपाल साग आयोजनाका लागि तयार भएको छ । त्यसका लागि सरकार,युवा तथा खेलकुद मन्त्रालयसहित त्यससँग सम्बन्धित निकाय र नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई धन्यवाद दिनैपर्छ ।
समय छदै काममा नजुट्ने र अन्तिम समयमा चटारोमा काम गर्ने हाम्रो परम्परा नै भइसकेको छ । यसपटक सागका लागि पूर्न निर्माणको अवस्था त्यहि रह्यो । दशरथ रंगशालामात्र उद्घाटनका लागि तयार भइसक्दा अर्को आयोजना स्थल पोखरा रंगशाला पूर्ण रुपमा तयार हुन सकेको छैन । अब यी तमाम कमजोरी केलाउने बेला यो होइन ।
अबको १० दिन सबै नेपालीले सागलाई सफल पार्न आ आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्नुपर्दछ । सिमित साधन श्रोतका वावजुद पनि नेपालले साग आयोजना गरि छाड्यो भन्ने सन्देश दिन सक्नु पर्दछ । यद्दपी हामीसँग दशरथ रंगशाला पूर्न निर्माण, सातदोबाटोमा रहेको खेल परिसरमा केहि नयाँ संरचना र पूर्न निर्माण बाहेक हामीले यो सागका लागि खासै नयाँ पूर्वाधार तयार गर्न सकेनौं ।
दुई दशकमा हामीले फेरि साग आयोजना गर्न पर्छ भन्ने हेक्का राखेर काम गर्नै सकेनौं । तर, त्यसका वावजुद नेपाल पहिलो, आठौं र अहिले १३ औं संस्करण आयोजनाका लागि तयार भएको छ । १० दिन सम्म ७ राष्ट्रका खेलाडीले २६ खेलमा ३ सय १७ स्वर्ण, त्यत्ति नै रजत र ४ सय ८१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।
सागमार्फत नेपालले खेलकुदमा शसक्त बन्दै छ भन्ने सन्देश दिन सके त्यो एउटा सफलता हुनेछ । अर्को साग मार्फत नयाँ पुस्तालाई खेलमा आकर्षित गर्न सकियो भने त्यो अर्को उपलब्धी मान्नुपर्ने हुन्छ । साग आयोजनाका लागि साढे ३ अर्ब भन्दा बढी सरकारको खर्च भएको छ । त्यसबाहेक भौतिक पूर्वाधारमा मात्र सरकारले डेढ अर्बको हाराहारीमा खर्च गरेको छ ।
५ अर्ब भन्दा बढी खेलकुद मेलाका लागि खर्च गरेर त्यसको प्रभाव आउने दिनमा कस्तो पर्न सक्छ त्यो बढी महत्वपूर्ण हुनेछ । सन् १९८४ को पहिलो संस्करण (तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद –साफ) र आठौं संस्करण आयोजना गर्दा र अहिले दुई दशक पछि १३ औं संस्करण आयोजना हुँदै हामीले भौतिक पूर्वाधारमा निकै फड्को मारिसक्नु पर्ने थियो । त्यसमा हामी पक्कै चुकेका छौं ।
आउने दिनमा भौतिक पूर्वाधारमा समयमा नसोच्ने हो भने अर्को साग आयोजना गर्दा पनि पटक पटक मिति सानुपर्ने नियतिलाई बेहोर्नुपर्ने हुन्छ । दक्षिण एसियामा नेपाल सबै राष्ट्रका लागि सहज आयोजनास्थल मध्ये एक हुँदा हुँदै पनि भौतिक पूर्वाधारकै कारण हामीले खेलकुदका ठूलो प्रतियोगिता आयोजना गर्न पाउने अवसर पनि गुमाइरहेका हुन्छौं । त्यसतर्फ पनि आउने दिनमा सरकार र राखेपको ध्यान जान जुरुरी छ ।
अब जे होस् हामी १३ औं साग सुरु भइसकेको छ । हाम्रा तमाम कमजोरीलाई थाती राख्दै अब यसलाई सफल पार्न हामी सबै जुट्ने बेला यहि हो । दक्षिण एसियामा यो भन्दा ठूलो खेल मेला अर्को छैन । ३५ बर्षअघि नेपालबाट सुरु भएको साग इतिहासलाई अझै सम्बृद्ध बनाउन नागरिक तहबाट पनि पहुनाहरुप्रति सद्भाव र भाइचारा देखाउने बेला यहि हो । यस्ता ठूला खेल मेलाले नै हाम्रो खेल संस्कारलाई क्षत्रिय स्तरमा पु¥याउन सफल हुनेछौं ।
साग कस्तो भयो, हामी आयोजनमा कति सफल भयौं वा कहाँ चुक्यौं, के गर्न सकिन्थ्यो भन्ने विषयमा पछि समिक्षा हुन्छ नै । तर अहिले नेपालले आयोजना गर्ने सबै भन्दा ठूलो मेला सफल बनाउन हामी सबै आ आफ्नो ठाँउबाट जुटौं ।
साग आयोजना कहिले र कहाँ
कहिले आयोजक सहर आयोजक देश
सन् १९८४ काठमाडौं नेपाल
सन् १९८५ ढाका बंगलादेश
सन् १९८७ कोलकाता भारत
सन् १९८९ इस्लामावाद पाकिस्तान
सन् १९९१ कोलम्बो श्रीलंका
सन् १९९३ ढाका बंगलादेश
सन् १९९५ मद्रास भारत
सन् १९९९ काठमाडौं नेपाल
सन् २००४ इस्लामावाद पाकिस्तान
सन् २००६ कोलम्बो श्रीलंका
सन् २०१० ढाका बंगलादेश
सन् २०१६ गुवाहाटी, सिलोङ भारत
सन् २०१९ काठमाडौं, पोखरा, जनकपुर नेपाल
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]