default_image

2 years ago

May 6, 2024

मुख्यमन्त्रीले सदस्य सचिव बस्नेतसँग स्पष्टीकरण मागे

503 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा अदालतमार्फत पुनर्वहाली भएका कृष्ण बस्नेत (पर्शुराम) सँग मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण माग गरेको छ ।

कोशीका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्री केदार कार्कीले बैशाख २३ गते बस्नेतलाई पत्र लेख्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएका छन् । बस्नेतलाई तत्कालीन भीम आचार्यको सरकारले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गरेको थियो ।

तत्कालीन राजेन्द्र राईको प्रदेश सरकारबाट २०७८ चैत २२ गते पदमुक्त भएका बस्नेत २०८१ बैशाख १७ गते उच्च अदालतमार्फत सदस्य सचिवमा पुनर्वहाली भएका थिए ।

तर, उनी बोर्ड सदस्य सचिवमा पुनर्वहाली हुँदा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ (ङ), दफा १३ तथा प्रदेश खेलकुद ऐन २०७६ को २७ प्रतिकूल हुने भएकाले मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण बुझाउन बस्नेतलाई आदेश दिएको हो ।

कुनै पनि सरकारी लाभको पदमा रहेको व्यक्तिले निर्वाचनमा भाग लिनुअघि सो पदबाट राजीनामा दिनुपर्नेमा बस्नेतले त्यसो नगरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

म सदस्य सचिव नै छु, मलाई सदस्य सचिव कायमै गरियोस् भनेर दाबी गरिरहँदा तथा हाल पुनर्वहाली भई हालसम्मको तलब पनि पाउने व्यवस्था भइरहँदा उनी २०७९ मंसिर ४ गतेको निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवार रहेका थिए ।

प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गर्नेबित्तिकै बस्नेत सदस्य सचिवबाट स्वतः पदमुक्त हुने कानुनी व्यवस्था रहेकाले मुख्यमन्त्रीले बस्नेतको पदले निरन्तरता पाउने हो होइन भनी स्पष्टीकरण सोधेको हो ।

बस्नेतले आज कार्यालय समयसम्म चित्तबुझ्दो स्पष्टीकरण नबुझाए नियमानुसार हुने मुख्यमन्त्री कार्कीले बस्नेतलाई पठाएको पत्रमा उल्लेख छ ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.