6 years ago
December 4, 2019
अर्जुन कार्की, पोखरा
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आजदेखि महिला र पुरुष दुवैतर्फको ह्याण्डबल खेलहरु शुरु हुँदैछन् । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा पुरुष ह्याण्डबलको पहिलो खेल नेपालले पाकिस्तानसँग खेल्दैछ ।

नेपाल ह्याण्डबल संघको स्थापनाको करिब ३३ वर्ष पछि नेपाली खेलाडीले आफ्नै होम ग्राउण्डमा पहिलो पटक म्याटमा खेल्दैछन । ह्याण्डबलमा महिला पुरुष दुबैतर्फ आयोजक राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंका गरि ६ देशले खेल्नेछन् । समूह ‘ए’ मा भारत, बंगलादेश र माल्दिभ्स रहेको छन् भने समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान र श्रीलंका रहेक छन् । दुबै टिमका समूह विजेता र उपविजेता सेमिफाईनल प्रबेश गर्नेछन् ।
यस्तै महिला ह्याण्डबलमा नेपालले बंगलादेशसँग आफ्नो पहिलो खेल खेल्नेछ । महिला ह्याण्डबलमा पनि नेपाल समूह ‘बी’ मा परेको छ । समूह‘बी’ मा नेपाल लगायत बंगलादेश र श्रीलंका रहेको छ । समूह ‘ए’ को महिला ह्याण्डबलमा भारत, पाकस्तान र माल्दिभ्स रहेको छ । नेपाली टिमले यस पटक बिदेशमा पनि प्रशिक्षण गरेकाले पदकको आशा गरेको छ । सागमा अहिलेसम्म नेपाल पदकविहिन छ ।
यसअघिको साग संस्करणहरुमध्ये ११ औं सागबाट नेपालको पुरुष टिम र १२ औं सागबाट नेपाली महिला ह्याण्डबल टोलीले सहभागिता जनाएको थियो । १२ औं संस्करणको सागको ह्याण्डबलमा दुबै टोली सेमिफाइनलमा पराजित हुँदै पदक विहीन बनेको थियो । १२ औं सागको सेमिफाइनलमा नेपालको पुरुष टिम भारतसँग पराजित बनेको थियो । तेस्रो स्थानको लागि नेपाल बंगलादेशसँग हारेको थियो ।
त्यस्तै, १२ औं संस्करणकै साग गेमको सेमिफाइनलमा नेपाली महिला टोली बंगलादेशसँग हारेको थियो । तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पाकिस्तानसँग हार्दै पदकविहीन बनेको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]