default_image

6 years ago

December 4, 2019

१३औं साग चौथो दिनः आज १६ खेल

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज चौंथो दिन बुधबार विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागमा बुधबार एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो–खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथलन, लन टेनिस, कब्बडी , ह्यान्डबल र उसुको प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुन्छ ।
सागको तेस्रो दिनको खेल सकिदा नेपाल २३ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । भारत १७ स्वर्णसहित नेपाललाई पछ्याईरहेको छ ।

एथ्लेटिक्स

एथ्लेटिक्स अन्तरगत ट्याक एन्ड फिल्डमा बुधबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहान ९ बजेबाट शुरु हुनेछ ।

फुटबल

साग पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग साँझ ५ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछ । मंगलबार नेपालले भुटानमाथि ४–० को सानदार जित निकालेको थियो ।

क्रिकेट
साग क्रिकेट अन्तर्गत महिलातर्फ बुधबार नेपालले टेष्ट राष्ट्र बंगलादेशसँग खेल्दै छ । पोखरा रंगशालामा हुने खेल बिहान १० बजे हुनेछ । महिलातर्फको अर्को खेलमा श्रीलंका र माल्दिभ्सबीच खेल हुनेछ । पुरुषतर्फ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बंगलादेश यू–२३ र माल्दिभ्स तथा श्रीलंका यू–२३ टोली र भुटानबीच खेल हुनेछ ।

कराते

करातेको अन्तिम दिन बुधबार चार स्वर्णको छिनोफानो हुनेछ । सातदोबाटोस्थित कराते हलमा हुने करातेमा नेपालले व्यक्तिगत कुमुते र टिम कुमुते गरी १३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष कुमुतेतर्फ ५० केजीमा सोनाम लामा र महिलातर्फ ६८ केजीमा अनुपमा मगरले खेल्नेछिन् ।
यसैगरी महिला टिम कुमुतेतर्फ रिता कार्की, सनी तामाङ, एस्टर राई र अस्मिता वाईबाले खेल्नेछिन् । पुरुष टिम कुमुतेतर्फ बिनोद शाक्य, दिगम्बर पन्त, लेखनाथ मैनाली, सुशिल पौडेल, नबिन रसाईली, मुकुन्द महर्जन र अर्जुन बागचनले खेल्नेछन् ।

उसु
उसुमा बुधबार नेपालले दुई स्वर्णको लागि प्रतिस्पर्धा गर्दैछ । पुरुषतर्फ स्वर्ण पदकका लागि नेपालका थाउलोतर्फ दिपक हमाल र हरि प्रसाद गोले भिड्दैछन् । अन्य स्पर्धाको खेलहरु समेत हुनेछ ।

तेक्वान्दो

तेक्वान्दोमा बुधबार ६ स्वणको लागि खेल हुनेछ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा गेरुगी पुरुषतर्फ ६३, ७४ र ८७ केजीमाथि प्रतिस्पर्धा हुनेछ । महिलामा ५३, ६२ र ७३ केजीमाथि स्पर्णको लागि प्रतिस्पर्धा हुनेछ ।
तेक्वान्दोमा नेपालले ९ स्वर्ण जितिसकेको छ ।

सुटिङ

सुटिङतर्फ बुधबार सातदोबाटोस्थित सुटिङ रेन्जमा विभिन्न स्पर्धामा खेलहरु हुँदैछ ।

खो–खो

खो–खोको महिलातर्फको उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ । पुरुषतर्फ बंगलादेश र भारतले प्रतिस्पर्धा गर्नेछ । नेपालले तेस्रो स्थानको लागि श्रीलंकासँग खेल्नेछ ।

ब्याडमिन्टन

पोखरामा हुने ब्याडमिन्टनतर्फ बुधबार एकल तथा टिम इभेन्टसको खेलहरु हुँदैछ । नेपालले सोमबार पुरुष र महिला टिमको दुवै स्पर्धामा कास्य जितेको थियो ।

गल्फ

गोकर्ण फरेस्ट गल्फ क्लबमा बिहान १० बजेबाट खेल सुरु हुनेछ । पुरुष ब्यक्तिगततर्फ नेपालका शुक्र बहादुर राईले अग्रता बनाएका छन् । पुरुष टिममा पनि नेपालले अग्रता बनाएको छ । गल्फको एकलतर्फ नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ ।

टेबल टेनिस

टेबल टेनिसमा बुधबार विभिन्न इभेन्टसमा प्रतिस्पर्धा हुनेछ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार पुरुष डबल्स र महिला डबल्स फाइनल, मिक्स डबल्सका फाइनलका खेलहरु सञ्चालन हुनेछन् । यस्तै पुरुष र महिाला एकलका खेलहरु पनि सञ्चालन हुनेछ । मंगलबार नेपालले पुरुष टिममा रजत र महिला टिममा कास्य जितेको छ ।

टेनिस

सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार टिम इभेन्टसका खेलहरु सञ्चालन हुनेछन् ।

ट्रायथलन

पोखरामा आयोजना हुने ट्रायथलन अन्तर्गत बुधबार १ स्वर्णको लागि खेल हुनेछ । मिक्स टिम रिलेतर्फ नेपाल, भारत र श्रीलंकाका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । मिक्स टिम रिलेमा प्रत्येक देशका २ पुरुष र २ महिलासहितको एक÷एक टिम रहनेछ । रिलेमा ३ सय मिटर पौडी, ६ किलोमिटर साईकिलिङ र २.५ किलोमिटर दौडको दुरी तय गरिएको छ ।

ह्यान्डबल

पोखरामा बुधबारदेखि ह्यान्डबल सुरु हुनेछ । पहिलो दिन चार खेल हुनेछ । महिलातर्फ नेपालले श्रीलंकासँग खेल्दा भारतले माल्दिभ्सको सामना गर्नेछ । पुरुषतर्फ नेपाल र श्रीलंका तथा भारत र बंगलादेशबीच खेल हुनेछ ।

साइक्लिङ
साइक्लिङतर्फ बुधबार विभिन्न स्पर्धाको सुरु हुनेछ । साइक्लिङको प्रतिस्पर्धा सहिद पार्क गोकर्णमा हुनेछ ।

कबड्डी

कबड्डीको खेल बुधबारबाट सुरु हुनेछ । कबड्डी एपीएफ मैदान हल्चोकमा खेल्नेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.