default_image

6 years ago

December 4, 2019

साग क्रिकेटः श्रीलंकासँग भुटानको लज्जास्पद हार

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेकलुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा भुटान श्रीलंका यू२३ सँग लज्जास्पद हार बेहोरेको छ । बुधवार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा भुटान श्रीलंकासँग १ सय ७३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

२ सय ४९ रनको विशाल विजयी लक्ष्य पछ्याएको भुटान १८.४ ओभरमा ७५ रनमा अल आउट भयो । रन्जुङ मिक्यो दोर्जेले २२ र सोनमले १० रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । बंगलादेशको कसिलो बलिङ सामु भुटानका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । श्रीलंकाका शाम्मु आशन र जेहान डानियलले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४८ रन बनाएको थियो । श्रीलंकाका ओपनर पाथुम निसानकाले ४८ बलमा ८ चौका र २ छक्का सहित ७६ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । कप्तान चारिथ आसलंका २५ रनमा आउट हुँदा विकेटकीपर निसान मदुस्का फ्रर्नान्डोले ६५ रन जोडे ।

कामिन्दु मेन्डिसले २७, शाम्मु असान र आसेन बन्दरा समान १४ रनमा अविजित रहे । भुटानका कर्मा दोर्जे, तेन्जिन जेएनआर, टोबडेन सिङ्या र थिन्ली जम्तसोले १–१ विकेट लिए । श्रीलंकाले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । विहीवार श्रीलंकाले माल्दिभ्स तथा भुटानले नेपालसँग खेल्ने छन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.