6 years ago
December 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको टेबल टेनिसमा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई आदर्श विद्या मन्दिर (एभिएम) ले सोमबार सम्मान गरेको छ ।

एभिएमले आफ्नो विद्यालयका प्रशिक्षक पुरुषोत्तम बज्राचार्य, विद्यार्थीहरु दीक्षा तामाङ, सिक्का सुवाल र संयोक कपाली गरी ४ जनालाई सम्मान पत्रले सम्मानित गरेको हो । सम्मान पत्र विद्यालयका प्रिन्सिपल सुजिता मानन्धरले पदक विजेता खेलाडीहरुलाई प्रदान गरिन् ।
एभिएमका प्रशिक्षक समेत रहेका पुरुषोत्तमले सागमा पुरुष टिम इभेन्ट्समा रजत तथा पुरुष एकलमा कास्य जितेका थिए । संयोग कपाली पनि पुरुष टिम इभेन्ट्मा रजत पदक जित्दाका सदस्य थिए । यस्तै दीक्षा तामाङ र सिक्का सुवाल नेपालले महला टिम इभेन्ट्समा कास्य जित्दाका टोलीका सदस्य थिइन् ।
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा उच्च प्रदर्शन गरिरहेका दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज पहिलो क्वालिफायर खेले । जसमा सुदूरपश्चिमले ७८ रनको जित निकाल्दै फाइनलमा पुगेको छ। जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ। लगातार दोस्रो पटक […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सबाट १ सय ५६ रनको मध्यम लक्ष्य पाएको छ। टस जितेर विराटनगरले फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको नोक्सानीमा १ सय ५५ रन बनायो । सुदूरपश्चिमलाई विराटनगरले दबाबमा राखेको थियो। यद्दपी लामो समय ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले अर्धशतक […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ। क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल जित्ने टोली फाइनल पुग्नेछ। कप्तान सन्दीप विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिला ब्याटिङ गर्नेछ। लिच चरणको […]