6 years ago
February 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार नेपाल एपिएफ क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा संघर्षपुर्ण जित निकाल्दा अर्काे उपाधि दावेदार होङग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले सहज जित निकालेको छ । पारामाउन्ट र बुलबुले रारा भलिबल क्लबले पनि शनिबार सफलता हात पारेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा शनिबार भएको खेलमा साविक विजेता समेत रहेको एपिएफले पुलिसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । पहिलो सेट २५–२१ ले सहजै आफ्नो पक्षमा पारेको एपिएफले प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २७–२९ ले गुमाएको थियो ।
तेस्रो सेट पनि ९–२५ ले गुमाएको एपिएफले चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्दै २५–८ को जित निकालेपछि खेल पाँचौ सेटमा धकेलिएको थियो । अन्तिम सेटमा एपिएफ २५–१३ ले विजयी हुन सफल भयो । जितसँगै एपिएफले ३ खेलबाट ८ अंक जोडेको छ । दुई खेल खेलेको पुलिसको ४ अंक छ ।
शनिबारै भएको अर्काे खेलमा डायमन्डले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेब) माथि २५–२, २५–६ र २५–१३ को सहज जित निकाल्दै लिगमा अपराजित रहन सफल भयो । डायमन्डले ३ खेलबाट ९ अंक जोडेको छ । सेव बुलेबुलेसँग नै २५–११, २५–१३ र २५–११ ले पराजित भयो । पाँच खेल खेलेको सेवले अंक जोड्न सकेको छैन । अपराजित रहेको बुलबुलेको ३ खेलबाट ९ अंक पुगेको छ ।
अर्काे खेलमा पारामाउन्ट स्कुलले चुली युवा क्लबलाई पराजित गर्दै लिगमा ३ अंक जोड्न सफल भयो । पारामाउन्टले चुलीमाथि २५–२०, २५–२३ र २५–२२ को सहज जित निकाल्यो । पारामाउन्टको ३ खेलबाट ३ अंक छ । पाँच खेल खेलेको चुली पनि अंकविहीन छ । लाइट प्रोटेस्टका कारण पारामाउन्ट र आयोजक ढोरपाटनबीचको खेल भने रद्ध भएको छ । ढोरपाटनले खेलमा २–० को अग्रता लिएपनि लाइट प्रोटेस्टका कारण खेल रद्ध हुन पुगेको थियो । उक्त खेल सोमबार हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आइतबार ५ खेल हुने आयोजकले जनाएको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]