default_image

4 years ago

March 17, 2020

एनओसीको पोखरा बैठकबाट प्रधान र राणालाई मानार्थ अध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को लामो समयदेखिको विवाद लगभग अन्त्य भएको छ । काठमाडौं बाहिर पहिलो पटक बसेको एनओसीको तेस्रो पुर्ण बैठकले रुक्म शम्सेर राणालाई समेत ओलम्पिक कमिटिमा समावेश गरेपछि ओलम्पिक विवाद लगभग अन्त्य भएको हो । पोखरामा दुई दिन भएको एनओसीको बैठकले एनओसीका पुर्व अध्यक्ष राणासहित ध्रुवबहादुर प्रधानलाई मानार्थ अध्यक्षमा […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को लामो समयदेखिको विवाद लगभग अन्त्य भएको छ । काठमाडौं बाहिर पहिलो पटक बसेको एनओसीको तेस्रो पुर्ण बैठकले रुक्म शम्सेर राणालाई समेत ओलम्पिक कमिटिमा समावेश गरेपछि ओलम्पिक विवाद लगभग अन्त्य भएको हो ।

पोखरामा दुई दिन भएको एनओसीको बैठकले एनओसीका पुर्व अध्यक्ष राणासहित ध्रुवबहादुर प्रधानलाई मानार्थ अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए । ‘अब एनओसीमा कुनै विवाद रहेन । देशमा अब एउटै मात्र ओलम्पिक कमिटि छ,’ एनओसीका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले भने ।

विगत १२ वर्षदेखि नेपालमा दुई वटा एनओसी अस्तित्वमा देखिएको थियो । लामो विवाद अन्त्य भएको छ । यसले नेपाली खेलकुदमा नयाँ उत्साह थप्नेछ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष तथा एनओसीका उप–महासचिव पिताम्वर तिम्सिनाले भने, ‘यो ऐतिहासिक निर्णय हो । यसले महत्व बोकेको छ,’ उनले भने,’अब ओलम्पिक एक भएर अघि वढ्न यो निर्णयले भुमिका खेल्नेछ ।’ एनओसीका महासचिब निलेन्द्रराज श्रेष्ठले खेलकुदमा छलाङ मार्न यो निर्णय ऐतिहासिक भएको उल्लेख गरे ।

यस्तै बैठकले ११ बुँदे निर्णयसहित एनएओसीलाई अब संघिय संरचनामा अघि बढाउने निर्णय गरेको छ । बैठकका निर्णयहरु जानकारी गराउदै अध्यक्ष श्रेष्ठले प्रत्येक प्रदेशमा संयोजक तोकिएको बताए । ‘ अब खेलकुद विकासमा प्रदेश सरकारको समेत अह्म भुमिका रहेको छ । प्रदेश खेलकुद संघ र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्नु पर्ने भएकोले यसलाई मुर्तरुप दिएका हौं,’ अध्यक्ष श्रेष्ठले बैठकको निर्णयबारे भने ।

प्रदेशसँग संयोजन गर्न प्रदेश १ मा पिताम्वर तिम्सिनालाई संयोजक तोकिएको छ । प्रदेश २ मा अशोक रत्न बज्राचार्य संयोजक, रामजी बहादुर श्रेष्ठ र प्रकाश शम्शेर राणा सदस्य रहेका छन् । बाग्मती प्रदेशमा सुनिल बहादुर श्रेष्ठ संयोजक, गण्डकी प्रदेशमा तेज बहादर गुरुङ संयोजक र टासी घले सदस्य रहेका छन् ।
प्रदेश ५ मा तुलसी थापा संयोजक र दिर्घबहादुर केसी सदस्य तोकिएको छ । कर्णाली प्र्रदेशमा दीपकहर्ष बज्राचार्य संयोजक र रतन टन्डनलाई सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी तोकिएको छ ।

राष्ट्रिय प्रतियोगिता र च्याम्पियनसिपलाई पिताम्बर तिम्सिना संयोजक र रामजी बहादुर श्रेष्ठ र दीर्घबहादुर केसी सदय छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि निलेन्द्रराज श्रेष्ठलाई संयोजक तोकिएको छ ।

एनओसीको कार्यक्रमका लागि अशोक रत्न बज्राचार्य संयोजक र दीपकहर्ष बज्राचार्य, रमेश शिवाकोटी र राम अवाले सदस्य रहेका छन् । एनआरएनए संयोजकमा तेज बहादुर गुरुङ र राष्ट्रिय संघको संयोजकमा चतुरानन्दा वैद्य संयोजक र होम दोङ सदस्यलाई सदस्यको जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै बैठकले खेल क्षेत्रमा निरन्तर लागि राष्ट्रलाई चिनाउन सफल खेलाडीको खेल जीवनपछिको भविष्य सुनिश्चित गर्नेबारे कार्यदल गनठ गर्ने निर्णय गरेको छ ।

एनओसीका पुर्व महासचिव, राखेपका पुर्व उपाध्यक्ष तथा नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाको उपचारका लागि एनओसीले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । जसमा ओलम्पिक कमिटिबाट ५ लाख र एनओसी कार्यसमिति पदाधिकारीहरुको तर्फबाट ५ लाख प्रदान गरिने र थप सहयोगको लागि नेपाल सरकार र राखेपलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले ओलम्पिक कमिटिलाई सहज रुपमा अघि बढाउन विभिन्न मिसन गठन गरेको छ । महिला तथा खेलकुद संयोजकमा ज्योती राणा, संस्कृति संयोजक रामजी बहादुर श्रेष्ठ, बजार व्यवस्थापन संयोजकमा गोपाल सुन्दर लाल कक्षपती, सदस्यमा टासी घले र प्रकाश शम्शेर राणा छन् । स्पोर्ट्स फर अलमा विष्णुगोपाल श्रेष्ठ र मेडिकलमा डाक्टर सरोजकृष्ण श्रेष्ठ, स्पोर्ट्स मनोबिज्ञानमा इन्द्र गुरुङ, शान्ति र स्पोर्टस्मा रमेश महर्जन, स्पोर्ट्स तथा वातावरणमा गोवर्धन श्रेष्ठ र सुचना संयोजकमा मोहन नेपाललाई चयन गरेको छ ।

यस्तै बैठकले १३औं दक्षिण एसियाली खलकुद (साग) सफलतापुर्वक सम्पन्न भएकोमा आयोजक कमिटिसहित सागमा पदक जित्न सफल खेलाडीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । युवा ब्याडमिन्टर स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा सातौं स्थानमा रहन सफल प्रिन्स दाहाललाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै अझै प्रगतिको कामना गरेको छ । एनओसीको इतिहासमा राजधानी बाहिर कार्यसमितिको पुर्ण बैठक पोखरामा पहिलोपटक बसेको हो ।

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.