6 years ago
March 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै यसबाट कसरी बच्ने भन्नेबारे शुक्रबार सचेतनात्मक कार्यक्रम आयोजना गरेको छ । यससँगै एनओसीले खेलाडीलाई लक्षित गर्दै विशेषज्ञ डाक्टरहरुको प्यानल समेत गठन गरेको छ ।

सातदोबाटोस्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा अनुभवी डाक्टरहरुले कोरोना लाग्न नदिनको लागि सुरक्षा उपायबारे प्रकाश पारेका थिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण डिभिजनका पुर्व निर्देशक तथा नेपाल स्वास्थ्य सेवा विभाग अन्तरगतका डाक्टर बाबुराम मरासिनी, एनओसीका प्रमुख चिकित्सक डाक्टर सरोजकृष्ण श्रेष्ठ, पाटन अस्पतालका प्रोफेसर डक्टर नविस मान सिंह प्रधान, राखेपबाट डाक्टर राजु डंगोल, डाक्टर हेमन्त चन्द र नेपाल पुलिसको तर्फबाट डाक्टर पुनम पाठकको विशेषज्ञ डाक्टरको प्यानलले कोरोना भाइरस र रोकथामको उपायहरुको बारेमा व्याख्या गरेका थिए ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै एनओसीले डाक्टरको प्यानल बनाएको र यसबाट डोपिङबाट पनि बच्न सक्ने बताएको छ । यो डाक्टरका प्यानल खेलाडीहरुमा कुनै समस्या आएमा उनीहरुलाई सहयोग गर्न हर समय उपलब्ध हुने बताएका छन् । एक दिने सचेनात्मक कार्यक्रममा एनओसीका अध्यक्ष तथा सांसद श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राज वैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठसँगै टोकियो ओलम्पिकलाई वाइल्ड कार्डको लागि प्रयास गरिरहेको २२ जनाको उपस्थिति रहेको थियो ।
एनओसीले यसपटका टोकियो ओलम्पिकमा विभिन्न खेलमा १५ खेलाडीलाई वाइल्ड कार्ड र र ७ पदाधिकारी पठाउने तयारी गरेको छ । पौडीबाट दुई र म्याराथनबाट १ खेलाडीले सहभागिता जनाउने पक्का भइसक्दा कराँते, आर्चरी, सुटिङ, बक्सिङ, तेक्वान्दो, भारोत्तोलन र जुडोबाट खेलाडीको नाम वाइल्ड कार्डको लागि पठाइसकेको छ ।
टोकियो ओलम्पिक जापानमा २४ जुलाईदेखि ९ अगस्टसम्म आयोजना हुने तय छ । टोकियो ओलम्पिकमा ३३ खेल समावेश गर्ने तय भइसकेको छ । जसका लागि २०६ देशका ११ हजार ९१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
डाक्टरहरुको नाम र सम्पर्क नम्बर
डाक्टर सरोजकृष्ण श्रेष्ठ – ९८५१०५८२३३
डाक्टर नविस मान सिंह प्रधान – ९८५१०९४०३७
डाक्टर राजु डंगोल – ९८५१०६७१६४
डाक्टर हेमन्त चन्द – ९८४९३६१५९३
डाक्टर पुनम पाठक – ९८४९११७३१८
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]