default_image

9 years ago

September 9, 2016

शिरिष गुरुङ्ग सम्मानित

204 views

0 Bookmark

पौडीका खेलाडी शिरिष गुरुङ्ग नगद ८० हजार सहित शुक्रबार सम्मानित भएका छन् ।

14

नेपाल पौडी संघद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले गुरुङ्गलाई नगद पुरस्कार सहित प्रशंसा पत्रद्वारा सम्मान गरे।

हालै ब्राजिलको रियो द जेनेरियोमा सम्पन्न ३१ औं रियो ओलम्पिकमा गुरुङ्गले १०० मिटर फ्रि स्टायलमा ५७.७६ सेकेन्ड समयका साथ नयाँ राष्ट्रिय रेकर्ड कायम गर्न सफल भएकोमा उनलाई नेपाल पौडी संघको पूर्व घोषित कार्यक्रम अनुसार नगद २५ हजार, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्माको तर्फबाट २५ हजार, नेपाल तेक्वान्दो संघको तर्फबाट १० हजार र भाटभटेनी सुपर मार्केटका तर्फबाट १० हजार गरि ७० हजार तथा मित्र राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा आयोजित १२ औं दक्षिण एशियाली खेलकुदमा २०० र ४०० मि. इन्डिभिजुएल मिड्ले, ४०० मि. फ्रिस्टायल तथा ४ गुणा १०० मि. फ्रिस्टायल, ४ गुणा १०० मि. मिड्ले र ४ गुणा २०० मि. फ्रिस्टायल रिलेका साथ ५ विधामा राष्ट्रिय किर्तिमान कायम गरेका कारण संघको तर्फबाट प्राप्त नगद १० हजार गरि कुल ८० हजार प्रदान गरिएको हो।

यस्तै मित्र राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा सम्पन्न १२ औं दक्षिण एशियाली खेलकुदमा ७ विधामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल खेलाडी सोफिया शाह नगद १० हजार सहित प्रशंसा पत्रले सम्मानित भईन् । उनले ५०, १०० र २०० मि. फ्रिस्टायल, ४०० मि. व्यक्तिगत मिड्ले, ४ गुणा १०० मि. फ्रि, ४ गुणा १०० मि. मिड्ले र ४ गुणा २०० मि. फ्रिस्टायलमा राष्ट्रिय किर्तिमान कायम गरेकी थिईन् ।

यस्तै अन्य खेलाडीहरुमा श्रृतिका सिंह र सोनिरा विष्टले ४ गुणा १०० फ्रि, ४ गुणा १०० मि. मिड्ले र ४ गुणा २०० मि. फ्रिमा किर्तिमान कायम गरेका थिए । यसैगरि अनुभव सुब्बा, शुभम श्रेष्ठ र मनिष चित्रकारले ४ गुणा १०० मि. र ४ गुणा २०० मि. फ्रिस्टाय रिलेमा किर्तिमान कायम गरेका थिए । प्रत्येक खेलाडी नगद ३ हजार सहित प्रशंसा पत्रद्वारा सम्मानित भए ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.