default_image

4 years ago

October 25, 2020

खेलाडीहरुको ‘फरक दशैं’ घरमै

काठमाडौं (हाम्रो खेलकुद) – खेलाडीहरुले नेपालको ठूलो चाडपर्व दशैँ-तिहार कमै मात्र घरका परिवार, आफन्तजन र साथीभाइसँग बसेर मनाउन पाउँछन् । देशभन्दा ठूलो खेलाडीलाई अरु केहि हुन सक्दैन । त्यसैले खेललाई छोडेर दशैं तिहारको मोह हुन सक्दैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल निरन्तर चाडपर्वसँग जुध्ने वा त्यो समयमा बन्द प्रशिक्षण हुने हुँदा खेलाडीले कमैमात्रमा चाडपर्व, साथीभाई […]

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलाडीहरुले नेपालको ठूलो चाडपर्व दशैँ-तिहार कमै मात्र घरका परिवार, आफन्तजन र साथीभाइसँग बसेर मनाउन पाउँछन् ।

देशभन्दा ठूलो खेलाडीलाई अरु केहि हुन सक्दैन । त्यसैले खेललाई छोडेर दशैं तिहारको मोह हुन सक्दैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल निरन्तर चाडपर्वसँग जुध्ने वा त्यो समयमा बन्द प्रशिक्षण हुने हुँदा खेलाडीले कमैमात्रमा चाडपर्व, साथीभाई र परिवारलाई समय दिन पाउँछन् ।

यसपटक भने कोरोना महामारीको कारण नेपालमा सबै खेलकुदका गतिविधि ठप्प छन् । धेरै खेलाडीहरु परिवारसँग लामो समयदेखि रहँदै आएका छन् । यसअघिका वर्षमा दशैंमा धेरै खेलाडीहरु विदेशमा हुने गर्दथिए । स्वदेशमा भएका पनि धेरै प्रशिक्षणमा ब्यस्त हुँदा चाडपर्वको अर्को दिन फर्किनु पर्ने हुन्थ्यो ।

झन्डै ८ महिना बढी समय देखि धेरै नेपाली खेलाडी प्रशिक्षणविहिन हुँदै घरमा छन् । केहि खेलाडी दशैँ मनाउन उत्साहित छन् । एकतर्फ दशैँमा खुसीसँगै कोरोना महामारीले चिन्ताको दुविधा थपेको छ । यसअघिका वर्षहरुमा खेलको कारण दशैं मनाउन नपाउने खेलाडी यसपटक दशैं मनाउन पाएपनि खेल नहुँदा चिन्तित देखिन्छन् ।

अघिल्ला वर्षहरुमा खेलको कारण दशैं मनाउन नपाएका खेलाडीहरु यसवर्ष मनाउन पाएपनि कोरोनाले खल्लो बनाएको छ । केहि उत्साहित छन् भने कोहि चिन्तित छन् । कोरोना बाबजुद नेपाली खेलाडीहरु दशैं कसरी मनाउँदै छन् त ?

रुविना क्षेत्री (महिला क्रिकेट कप्तान)गृहजिल्ला झापामा रहेकी नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री कोरोना महामारीको कारण विदेश भ्रमण र राष्ट्रिय प्रतियोगिता नहुँदा खुसी छिन् ।

मेरो लागि खुसीको क्षणनै मान्नुपर्छ । किन भने यो पटक कुनै भ्रमण भएन । घरमा टिका नलगाएको पनि धेरै भई सकेको थियो । गतवर्ष दशैँमा एक दिन बसेर फर्किएको थिए । त्यसभन्दा अघिल्लो बर्ष दशैँमा थाईल्यान्डमा थिएँ । म घरमा हुँदा सबै परिवार पनि खुसी र उत्साहित हुनुन्छ । मेरो आफन्तहरु घर नजिकै हुनुहुन्छ । एकै ठाउँमा बसेर दशैं मनाउँन पाउँदा रमाईलो लागि रहेको छ ।

अर्कोतर्फ म दुःखी पनि छु । यो प्रतियोगिताको समय हो । घरमा दशैं  मनाउन पाउँदा खुसी छु भने क्रिकेट खेल्न नपाउँदा नरमाइलो लागिरहेको छ । क्रिकेट सधैं खेल पहिलो प्राथमिकतामा रहँदै आएको छ ।

सावित्रा भण्डारी ( महिला फुटबल)राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी गृहजिल्ला लमजुङमा दशैं मनाउँदै छिन् ।

यस पटक घर परिवारसँगनै रमाईलो गदैं दशैं मनाउने योजनामा छु । बुबा आमाको आशिर्वाद लिएर दशैं मनाउने छु । यसभन्दा अघि मामा घर गइन्थ्यों । यस पटक कोरोना महामारीको कारण मेरो दशैँ घरमै सीमित हुने छ । पहिला जस्तो स्वतन्त्र रुपमा हिँड्न भएन ।

कोरोनाले गर्दा यस पटकको दशैं पहिला भन्दा केहि खल्लो लागिरहेको छ । अर्कोतर्फ कोरानाले गर्दा परिवारसँग लामो समय बिताउन पाउँदा खुसी पनि लागि रहेको छ । यसभन्दा अघि परिवारलाई समय दिन पाइदैन थियो । बुबा आमासँग दुःख सुखको कुरा गर्न पाउँदा खुसी पनि लागि रहेको छ ।

यो अवधिमा धेरै कुरा नजिकैबाट बुझ्न पाएँ । कोरानाको डर छ । मेरा सबै समर्थक र शुभचिन्तकलाई कोरोनाबाट बच्न आग्रह गर्दछु । तपाईंहरुको साथ र हौसलाको कारण हामीलाई अघि बढ्ने प्रेरणा मिल्छ । सबैलाई मेरो विजया दशमीको सुभकामना ।

प्रिन्स दाहाल (ब्याडमिन्टन) – ब्याडमिन्टन टोलीका युवा स्टार प्रिन्स दाहाल पनि दशैँ गृहजिल्ला दार्चुलामा मनाउँदै छन् । यस पटक उनले गाउँघरमा फरक अनुभव गर्न पाएको बताउँछन् ।

मैले आफ्नो फिटनेशलाई ध्यान दिन हरेक दिन शारीरिक अभ्यासलाई निरन्तरता दिंदै आएको छु । दशैँको दिन बिहान पहिला प्रशिक्षणनै गर्ने छु र त्यसपछि मनाउने छुँ । घरमा तास खेल्दै रमाईलो गर्दै आएको छु । घरमै बस्छु । छिमेकमा गएर आफन्तसँग आशिर्वाद लिन्छु ।

कोरोनाको कारण दुईवर्ष पछि दशैं मनाउन पाएको छु । यसभन्दा अघिल्लो वर्ष माल्दिभ्समा थिए । सानोको साथीभाईहरुसँग भेटहुन पाउँदा झनै खुसी लागिरहेको छ ।

आयशा शाक्य (तेक्वान्दो) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्णधारी आयशा शाक्यले यस भन्दा अघिको दशैं भन्दा धेरै फरक रहेको बताउँछिन् ।

सबैको लागि फरक छ । कोरोनाले गर्दा चुनौती छ । मम्मी बुबा सबै काठमाडौंमै हुनुन्छ । घरमै बसेर दशैं मनाउने योजना छ । कोरोनाको कारण गाउँमा जान सकिएन । त्यसैले यस पटकको दशैं काठमाडौंमै मनाउँदै छौं । घरमै बसेर सुरक्षितका साथ मनाउने तयारी गरेको छु ।

सकेसम्म घर परिवारमा दशैँ मनाउन खोज्ने छौं । अन्त जान चुनौती छ । घुम्न जाने कुनै योजना छैन । गाउँ जान पनि पाइएन । परिवार नजिकै छौं । आफन्तसँग भेट्न चाहिँ पाइदैन । अरुबेला भएको भए रमाईलो गथ्र्यौ । यस पटक मास्क लगाएर दशैं मनाउन पर्ने अवस्था हुँदा केहि खल्लो महसुस हुनेनै भयो ।

मानबहादुर श्रेष्ठ (भलिबल) – राष्ट्रिय भलिबल टोलीका स्टार स्पाइकर मानबहादुर श्रेष्ठले कोरोना महामारीको कारण खेल नहुँदा झन्डै चार वर्षपछि परिवारका साथ दशैं मनाउँदै छन् ।

यसभन्दा अघिका दशैंमा प्राय: खेलको कारण बाहिर भइराख्थें । यस पटक दशैंमा घरमै छु । बिबाह गरेको चार वर्षपछि पहिलो पटक दशैँ मान्न लागेको छु । त्यसले गर्दा खुसी पनि छुँ । तर अर्कोतर्फ खेल नहुँदा धेरै दुःखी पनि छु । जे जस्तो भएपनि घरमै बसेर यस पटक घरमा मनाउँदै छु । कोरोनाको चाँडै अन्त्य होस् भन्ने चाहन्छु ।

कोरोनाले गर्दा नरमाइलो लागि रहेको छ । मलाई मात्र होईन सबै नेपालीलाई नरमाईलो लाग्नेनै भयो । खेलाडीलाई मैदानमा खेल नहुँदा एकदमै ग्राहो भएको छ । नेपाल सरकार खेल सुरु गर्ने भन्दा बितिक्कै प्रतियोगिता गराउने सोच्छ । खेल भएपछि दर्शक आउने हुन् । तर प्रशिक्षणमा त आउदैनन् । प्रशिक्षण गर्ने १२, १३ जना हुन् ।

चाडैनै प्रशिक्षणको ब्यवस्था सरकारले गर्न पाए धेरै राम्रो हुन्थ्यो । धेरै त खेलेरै जीविका धान्ने खेलाडी छन् । खेलाडीनै पतन भएर फर्किने डर पनि छ । कोरोनासँग नडराउन र सचेत हुन आफ्ना समर्थक र सुभचिन्तकलाई मानबहादुर आग्रह गर्दछन् ।

विशाल राई (फुटबल) – राष्ट्रिय फुटबल टोलीका स्टार खेलाडी विशाल राईको यस पटक दशैँको टिका छैन । दशैँको समयमा घरमा त्यतिकै बसेर दशैँ मनाउने तयारी गरि रहेको विशाल बताउँछन् ।

bishal-trophy

दशैँपछि काठमाडौं फर्किने योजना बनाइरहेको छु । टिका नभएको हुँदा दशैको कुनै चहलपल पनि छैन । अहिले कोरोनाको डरले गर्दा पनि होला दशैंको वातावरण नै खल्लो लागेको छ ।

विनोद भण्डारी ( क्रिकेट ) – राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर विनोद भण्डारीले खेल नहुँदा धेरै गाह्रो भएको बताउछन् ।

यस पटकको दशैं घरमै सीमित हुन्छ । क्रिकेटनै नभएपछि दशैं त्यति रमाइलो हुने कुरा पनि भएन । गृहनगर महेन्द्रनगरमा रहेका भण्डारी क्रिकेटनै नभएपछि अरु त केहिनै नभए जस्तो लाग्ने बताउँछन् । जीन्दगीको एउटा पाटोनै छैन जस्तो अनुभव गर्दै आएको छु ।

प्रतिभा माली ( महिला भलिबल ) – राष्ट्रिय महिला भलिबल टोलीकी स्टार स्पाइकर प्रतिभा मालिको यस पटक दशैं छैन ।

दशैं नभएपनि परिवारसँगै बसेर बिताउने योजना छ । यसअघिका दशैंमा पुजाआजा गर्नी मामाघर जाने गर्थें । सबैलाई दशैंको शुभकामना दिन चाहन्छु । सकेसम्म घरमै बसेर दशैँ मनाउन र रमाइलो गर्न आग्रह गर्दछु ।

विकेश कुथु (फुटबल ) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर विकेश कुथु कोरोना महामारीको कारण घरमै दशैँ मनाउने तयारी गरि रहेका छन् ।

दशैंपछि प्रशिक्षण सुरु हुने भएकाले खानपिनमा ध्यान दिनुपर्छ । यस पटकको दशैँ परिवारमा मात्र मनाउने छु । कोरोनाका कारण आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ । परिवारमा पनि सबैलाई कतै नजान भनेको छु । सबैलाई दशैंको शुभकमना दिन चाहन्छु

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.