default_image

9 years ago

September 17, 2016

सीताले पारा तेक्वान्दोमा कास्य पदक जितिन्

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सीता भण्डारीले पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् ।

IMG_4400

पोल्यान्डको वार्सामा शुक्रबार सम्पन्न प्रतियोगिताको के ४४ क्याटेगोरकिो ५८ केजी मुनिको तौल समूहमा सिताले तेस्रो स्थान हासिल गरेकी हुन् । दुई महिना अघि नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डकी पारा एथलिट अवार्ड विजेता सीताले पहिलो खेलमा रसियाका अब्डुलुभा सेभिललाई १२–१ ले हराएकी ओलम्प्यिन एवंम् नेपाली टोलीका व्यवस्थापक दीपक विष्टले जानकारी दिएका छन् ।

सेमिफाइनलमा भने उनी अर्को रसियन खेलाडी रामाजानोभ एसाटसँग ६–१ ले पराजित भएपनि कास्य पदक पक्का पारेकी थिइन् । ५० केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गरेकी रञ्जना धामी भने सडन डेथसम्म हारिन् । रञ्जना उज्वेकिस्तानकी इस्कोभा जियोडाखोनसँग पराजित भइकी हुन् ।

नियमित र थप प्रशिक्षण एवंम वातावरण बनाउन सके नेपालले पारा तेक्वान्दोमा अझै सफलता प्राप्त गर्न सक्ने नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका विष्टले विश्वास व्यक्त गरेका छन् ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

Success

Thank you for your time.