default_image

5 years ago

January 3, 2021

प्रशिक्षक भट्टराई विश्वकै उत्कृष्ट १०० मा पर्न सफल

376 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व गल्फ टिचर महासंघ (डब्लुजीटिएफ) ले नेपालका व्यावसायिक गल्फर सचिन भट्टराईलाई सन् २०२०-२१ को शीर्ष १ सय गल्फ प्रशिक्षक सुचिमा सामेल गरेको छ ।

संयुक्त राज्य अमेरिकाको गल्फ टिचिङ फेडेरेसनबाट मास्टर सर्टिफिकेट हासिल गरेका भट्टराई लामो समयदेखि रियल नेपाल गल्फ क्लबमा जुनियर क्याम्प संचालन गर्दै आइरहेका छन् । भट्टराईकै प्रशिक्षणमा प्रतिमा शेर्पाले आफ्नो करिअरलाई अघि बढाएर विश्वभर चर्चा बटुलेकी थिइन् । शेर्पा हाल अमेरिकामा अध्ययनरत छिन् ।

भट्टराईले यस उपलब्धिले आफूलाई झनै प्रोत्साहन दिएको बताएका छन् । ‘यो मेरो लागि गर्वको विषय हो । अझ विशेष मैले मन पराएका प्रशिक्षक ग्रान्ट ग्यारिसन पनि यसै सुचिमा छन्,’ भट्टराईले भने ।

‘मैले पछिल्लो एक दशक गरेको कडा मिहिनेतको प्रतिफलको रुपमा मैले यसलाई लिएको छु । आउने दिनमा पनि म यसमा लागेर नेपाली गल्फलाई योगदान दिनेछु,’ उनले थपे ।

प्रशिक्षण सँगसँगै गल्फर भट्टराई नियमित रुपमा व्यावसायिक टुर पनि खेल्दै आएका छन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.