default_image

3 years ago

January 12, 2021

विरूको क्रिकेट सपनाको ‘मिलन’

भूपेन्द्र जिसी, दाङ विरू श्रेष्ठ नेपाली क्रिकेट पछ्याउनेका लागि नयाँ नाम होइनन् । निस्वार्थ रुपमा क्रिकेट विकासका लागि झन्डै साढे २ दशक यता निरन्तर लागेका विरूले यसै साता एउटा सपना पूरा गरे । लमहीमा सम्पन्न सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा प्रदेश एकले एपिएफलाई ६ रनले हराउँदै ऐतिहासिक उपाधि जित्यो । जुन प्रदेश […]

51 views

0 Bookmark

भूपेन्द्र जिसी, दाङ

विरू श्रेष्ठ नेपाली क्रिकेट पछ्याउनेका लागि नयाँ नाम होइनन् । निस्वार्थ रुपमा क्रिकेट विकासका लागि झन्डै साढे २ दशक यता निरन्तर लागेका विरूले यसै साता एउटा सपना पूरा गरे ।

लमहीमा सम्पन्न सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा प्रदेश एकले एपिएफलाई ६ रनले हराउँदै ऐतिहासिक उपाधि जित्यो । जुन प्रदेश एक ले जितेको पहिलो राष्ट्रिय प्रतियोगिता थियो । प्रदेशका टोलीहरु कमजोर देखिदा प्रदेश १ भने प्रतियोगिताकै अब्बल देखिएको थियो ।

नेपाली सिनियर टोलीका ६ र यू१९ खेलेका तीन खेलाडी हुँदा प्रतियोगिता अघि नै उपाधिको प्रमुख दाबेदार मानिएको थियो । प्रदेश १ ले घोषणा गरेको १४ खेलाडी मध्य १२ जना झापाको काकड्भित्तास्थित मेचिनगर ६ मा रहेको मिलन क्रिकेट एकेडेमीका खेलाडी थिए । संगम तामाङ र टिका साह भने उक्त एकेडेमीका थिएनन् ।

फाइनलमा प्लेइङ ११ मा सबै मिलन क्रिकेट एकेडेमीका खेलाडी थिए । प्रदेश १ मा रुविनासँगै, रोमा थापा, काजल श्रेष्ठ, अप्सरी बेगम, सबनम राई र संगिता राई नेपालबाट खेलिसकेका खेलाडी हुन् । निग्मा तामाङ, लखिता राजवंशी र ज्योती दनुवार यू१९ बाट गत वर्ष खेलेका थिए ।

प्रदेश एक च्याम्पियन बन्नुमा खेलाडी, मिलन क्रिकेट एकेडेमी, प्रशिक्षक तथा अध्यक्ष विरू श्रेष्ठको योगदान र मिहिनेत महत्वपूर्ण छ । मिलन क्रिकेट एकेडेमीले पुरुष र महिला दुवै खेलाडीलाई निशुल्क प्रशिक्षक दिँदै आएको छ । कुनैपनि शुल्क नलिने यस एकेडेमीको मुख्य उदेश्य नेपाली क्रिकेटलाई खलाडी तयार पार्नु हो । अहिले पनि मिलन क्रिकेट एकेडेमीमा झन्डै ६० जना महिला खेलाडी दैनिक अभ्यास गर्ने गर्दछन् ।

प्रशिक्षक श्रेष्ठ राम्रो तयारी भएकाले नै प्रम कप जित्न सकेको बताउँछन् । ‘यो प्रतियोगिता हुन्छ भन्ने हामीलाई पहिलानै थाहा थियो । च्याम्पियन बन्नका लागि हामीले पछिल्लो ७–८ महिना देखि एउटा योजनाका साथ मिहिनेत गरिरहेका थियौं । त्यो मिहिनेतको फल हामीले पायौं’, उपाधि जितेपछि श्रेष्ठले हाम्रो खेलकुदसँग भने, ‘लकडाउनले गर्दा पिएम कप सरेको हुँदा हामीले समय पनि पायौं । त्यो समयमा हामीले आफ्नो प्रर्दशन राम्रोगर्न तर्फ लाग्यौं । मिलन क्रिकेट एकेडेमीकै १२ खेलाडी टोलीमा हुँदा हामीलाई काम गर्न सहज पनि भयो र च्याम्पियन बन्यौं ।’

भारतमा क्रिकेटको कखरा सिकेका विरू नेपालमा विशेषगरी प्रदेश १ मा क्रिकेटको आधार खडा गर्ने लक्ष्यसहित यतै रहे । ‘मेरो घर काकड्भित्ता भएपनि म मामाघर गुहाटीमा बसेर पढेको थिए । मैले सानैदेखि नेशनल क्रिकेट एकेडेमी सिकेको थिए । क्रिकेटको माहोल थियो र रुचि पनि । आउने जाने गरिरहन्थें,’ उनले भने, ‘२०५८ सालपछि भने यता बसे । मैले भारतबाटै बढी क्रिकेट खेले । नेपालको माहोल देखेर मलाई मन पर्दैन थियो ।’

मिलन क्रिकेट एकेडेमी सुरुमा क्लबको रुपमा वि.सं २०५२ सालमा स्थापना भएको थियो । विरू भारतबाट नेपाल फर्किएका थिए । तर भारत जस्तो क्रिकेटको माहोल नेपालमा थिएन । खेलाडीलाई क्रिकेटको सामान्य कुरा पनि थाहा थिएन । अनि विरू, अरुण श्रेष्ठ लगायत मिलेर काकड्भित्ता मेचिनगर ६ मा मिलन क्रिकेट क्लब स्थापना गरे । क्रिकेटलाई गतिदिन त्यतिबेला क्लब खुलेको विरू बताउँछन् ।

साढे दुई दशक यात्रामा मिलन क्रिकेटले नेपाली महिला क्रिकेटमा भिन्दै पहिचान बनाएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीमा खेलाडीको आधा हिस्सा मिलन क्रिकेट एकेडेमीको छ । उमेर समूहमा पनि त्यतिनै दाबेदार प्रस्तुत गरि रहेका छन् । सिनियर टोलीमा पनि मिलन क्रिकेट एकेडेमीका दाबेदारी कडा देखिन्छ ।

‘त्यो बला अरुण श्रेष्ठको नेतृत्वमा हामी मिलन क्रिकेट क्लब जिल्ला प्रशासनमा दर्ता गरेका थियौं । दाईहरुको सहयोगकै कारण हामी सफल भयौं । त्यो बेला एक डेढ लाख लगानीबाट सुरु गरेका थियौं । आज अगाडि आएका छौं । म आफैंनै कोचिङ गर्छु र मैले सिकेको कुरानै सिकाउँछु भनेर अरुण दाईलाई भनेको थिए । जब म २०५९ सालमा अध्यक्ष भए तब क्लबको ठाउँमा एकेडेमी संचालन गरेर अघि बढ्यौं’, श्रेष्ठले भने,’त्यसमा क्लबकै लगानी थियो । एकेडेमी संचालन गर्दा नेपालमा महिला क्रिकेट भने आइसकेको थिएन ।’

‘हामीले महिला क्रिकेट सन्चालन गरेको २०६३ सालबाट हो । मैले २०६२ सालमा बंगलादेशमा महिला क्रिकेट खेलेको देखें । त्यो बेला अछामको टोलीबाट खेल्न त्यहाँ पुगेको थिए । त्यसपछि महिला टोली पनि बनाउनु पर्छ भन्ने सोच आयो । महिला क्रिकेटको लागि सुरुमा २०६३ सालमा अन्तरमावी प्रतियोगिता गर्ने सोच बनायौं । पुरुषको त हामीले २०५३–२०५४ को बीचदेखि अन्तरमावी पुरुष प्रतियोगिता नियमित गराउँदै आएका थियौं,’ उनले सुनाए ।

‘मैले स्कुल-स्कुलमा गएर सरहरुलाई केटिहरुलाई पनि सहभागिता जनाउन दिनुपर्छ भन्दा मजाक पनि उडाएका थिए । समाजमा केटीमान्छेलाई लगेर क्रिकेट खेलाउँदा पछि विवाह दान हुँदैन, त्यसको जिम्मेवारी को हुन्छ भन्ने प्रश्न पनि आएका थिए । उक्त प्रतियोगितालाई २ महिना पछि सारेर मैले स्कुलमा गएर क्रिकेट खेल्न ज जस्लाई मन इच्छा छ । त्यो मार्फत छानेर मैले तीन वटा स्कुलमा टोली बनाएर प्रतियोगिता गराएको थिए । मनमा खेलाडीले खेल्ने अलिकति रुचि देखाए हुन्थ्यो भन्ने लाग्थ्यो । सुधार त एकेडेमीमा लिएर गरिहाल्थ्यौं,’ उनले प्रष्ट पारे ।

क्लबले २०५३ –२०५४ को बीचमा अन्तरमावी पुरुष प्रतियोगिता गरेको थियो । जुन प्रतियोगिताबाट झन्डै ६४ खेलाडी छानेको थिए । ‘त्यो समय प्रशिक्षण दिन निकै चुनौती थियो । सामानको कमी हुने । किकेट कम बुझ्ने । अहिले सफलता पाउँदै गएको छौं । एकेडेमी सन्चालनको लागि निजी क्षेत्रको सहयोग निकै महत्वपूर्ण हुन्छ । प्रायोजन लिनुपर्छ । म कसरी स्पोन्सरको लागि जाउँ भन्नेमा थिएँ । एकेडेमी संचालन गरेपछि आर्थिक सहयोग चाहिन्छ नै । मेची बस ब्यवसायी संघ, होटल व्यवसायी संघ, ट्राभल संघ, नगरपालिका लगायत अन्य खेलकुद संस्थाबाट सहयोग जुटाउन थाले । अन्तरमावी प्रतियोगिताबाट पनि केहि बचाउँदै अघि बढ्यौं,’ श्रेष्ठले सुनाए ।

‘नेपालमा अरुण श्रेष्ठ, गापाल तामाङ, शंकर थापा, विमल आचार्यको साथ र सहयोग नापेको भए म यो स्थानमा आउन सक्दैन थिएँ । मेरो लक्ष्य नेपाली किकेटमा बढि भन्दा बढी क्रिकेट खेलाडी उत्पादन गर्नु थियो र आगमी दिनमा अझ यो भन्दा तीव्र गतिले आउने छु । यो पटक जिते भन्दैमा सुतेर भने बस्दैन ।’

‘मलाई हरेक प्रतियोगितापछि भिन्दै पावर (इनर्जी) आउँछ । यस पछाडि म अर्को योजना लिएर जान्छु । महिलाको अब यू१९ प्रतियोगिता गर्नुछ । त्यसको लागि तयारीमा जुट्नेछु । यहाँबाट जितेर गयौं भन्दैमा चित्त बुझाएर बस्ने खालको मान्छे म होईन र संस्था पनि सुत्दैन । गएर यू१९को राम्रो तयारी गर्छौं, ‘ उनले भने, ‘एकेडेमीमा मेरो पनि लगानी छ । तर संचालनका लागि भने एउटा समिति छ । समितिमा धेरै छन् । सबैको नाम लिन सम्भव पनि हुँदैन ।’

‘सुरुवाती दिनमा अभिभावकलाई त्यो बेला बुझाउन गाह्रो थियो । अन्य कुरामा खासै चुनौती भने थिएन । मिलन क्रिकेट एकेडेमीले वार्षिक रुपमा अन्तरमावी विद्यालय पुरुष र महिला क्रिकेट प्रतियोगिता गराउँदै आएको छ ।’

अन्तरमावी कप प्रतियोगिता जुन युवा खेलाडीको पहिचानमा सबैभन्दा ठूलो महत्त्वपूर्ण भूमिका रहेको बिरु बताउँछन् । ‘हामीले जति पनि खेलाडी लिएका र पाएका छौं त्यो अन्तरमावी प्रतियोगिताबाट हो । प्रशिक्षण केन्द्रमा आउने सबै त्यहिँ प्रतियोगिता बाट आएका हुन् । पहिलो कुरा स्कुल देखिनै खेलाडी पाउने हो । स्कुल प्रतियोगिताले धेरै धेरै फरक पार्छ । खेलाडी उत्पादनमा सहयोग गर्छ । अन्य एकेडेमीलाई पनि स्कुलस्तरीय प्रतियोगिता सुझाव दिन्छु,’ उनले भने ।

त्यसैमा थपे, ‘लकडाउनमा खेलाडीलाई फिटनेस राख्न चुनौती थियो । हामीलाई एउटा यस्तो जग्गा चाहिँएको थियो जहाँ मान्छेको आवत जावत कम होस् । नभन्दै पायौै र योजना अनुसारनै काम भयो ।’

‘यदि संकल्प र मिहिनेत छ भने कुनैपनि टोलीलाई हराउन सकिन्छ । यसअघि हामीले २०६९ सालमा काठमाडौंमा यू१९ राष्ट्रिय प्रतियोगिता जितेका थियौं । त्यो बेला हामीसँग कुनैपनि राष्ट्रिय खेलाडी थिएनन् । त्यति बेला हामीले ६–७ महिना अभ्यास गरेर उपाधि जितेका थियौं । सफलता पाउन कठिन मिहिनेत गरि राख्नुपर्छ,’ उनले थपे, ‘नेपालमा प्रदेशबाट राम्रो खेल्ने खेलाडीलाई विभागीय टोलीले अनुबन्ध गरिहाल्छन् । अब यी खेलाडीलाई आफ्नै प्रदेशमा राख्न योजनाहरु के के हुन्छन् छलफल गर्न बाँकी छ ।’

‘हामी कोच भएर होईन खेलाडी भएर अभ्यास दिन्छौं । हामीले जसरी दुःख पाएर सिक्यौं त्यस्तै सेसन दिन्छौं । जसले उनीहरुले घाम पानी नभनी मिहिनेत गरिरहेका छन्,’ एकेडेमीमा व्यक्तिगत लगानी समेत गरेका अध्यक्ष श्रेष्ठले भने, ‘अहिलेको हाम्रो प्राथमिकता क्षेत्रफल बढाउने हो । कोभिडले अलिकति असर गरेको छ । हामी एउटा मैदान बनाउने तयारीमा छौं । नगरपालिकासँग कुराकानी गरिरहेका छौं । आफ्नो योजना अनुसार अगाडि बढेका छौं ।’

‘दैनिक ५५ देखि ६० सम्म महिला खेलाडी छन् । तीन सेसनमा अभ्यास दिई रहेका छौं । दुई वटा सेसन मैले प्रशिक्षण दिन्छु भने एउटा अभिषेक श्रेष्ठले दिन्छ,’ उनले थपे, ‘ यस पछाडिको योजना महिला क्रिकेट विकास गर्ने नै हो । प्रतियोगिता चाडै गर्न चाहन्छौं । अहिले त म कुनै चुनौती देख्दैन । जुन माहोल क्रिकेट बनेको छ । २०५२ देखि ६४ सम्म धेरौ चुनौती थिए ।’

महिला क्रिकेटमा भिन्दै पहिचान बनाएको मिलन क्रिकेट एकेडेमी पुरुषमा भने कमजोर देखिन्छ । तर विरू पुरुष क्रिकेटमा पनि उतिकै लगानी र मिहिनेत गरेको बताउँछन् । ‘पुरुष क्रिकेटमा प्रतिस्पर्धा धेरै छ । पुरुषको हामीले उतिकै अभ्यास गराएका हौं । प्रतिस्पर्धा भएको कारण कमजोर देखिएको हो । आगमी दिनमा यू१६ उमेर समूहका लागि केहि खेलाडी तयार छन्,’ श्रेष्ठले सुनाए ।

‘स्थानिय सरकारको राम्रो साथ छ । उहाँको साथ विना यहाँ पुग्न सक्ने थिएनौं । एकेडेमीले अन्तरमावी कप वार्षिक रुपमा गर्नेगर्दछ । थ्री डे र इन्टरएकेडेमी, टी टेन लगायतका प्रतियोगिता पनि गराउँदै आएको छ,’ उनले थपे, ‘एकेडेमीले कुनै पनि शुल्क लिदैन । तर क्रिकेटप्रति रुचि भने हुनुपर्छ । हामी अझै सुविधा दिउँ र शुल्क नलिने सोचमा छौं ।’

आफ्नो सपना उपाधि नभएर राष्ट्रका लागि खेलाडी दिनु रहेको बिरु बताउँछन् । ‘ट्रफी मेरो लागि महत्वपूर्ण छैन । देशका लागि खेलाडी तयार पार्नु मुख्य उदेश्य हो ।’

राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी रुविना मिलन क्रिकेट एकेडेमीमै प्रशिक्षण गर्छिन् । उनले मिलन क्रिकेट एकेडेमीमा नै प्रशिक्षण गर्दै आएकी छिन् । यसपटक टोलीको जितमा जुनिअर खेलाडीको प्रदर्शन पनि राम्रो रहेकोमा उनी एकेडेमीलाई श्रेय दिन्छिन् ।

‘प्रशिक्षक विरूले लकडाउनको समयमा पनि नियमित प्रशिक्षण दिनुभयो । हामी सिनियर खेलाडी एक आपसमा प्रशिक्षण गर्थ्यौं । तर जुनिअर खेलाडीका लागि यसबीचमा एकेडेमीमा राम्रो प्रशिक्षण भयो। त्यसले गर्दा नै प्रदेश १ लाई उपाधि जित्न सगाज भएको हो,’ रुविनाले सुनाइन् ।

‘जुनिअर खेलाडीले विहानी सेसनमा प्रशिक्षण गर्छन् । हामी सिनियरले दिउँसो सेसनमा । कोहि खेलाडी हामीसँग सिक्न बुझ्न चाहँदा जानेको भन्ने गरेका छौं । अहिलेका खेलाडी निकै राम्रा छन् र यसपटक एकजुट भएर खेल्न सक्यौं । एकेडेमीको सफलता नै भन्नुपर्छ, १२ खेलाडी एकैपटक टोलीमा पर्नु सामान्य होइन । आशा गरौँ आउने दिनमा एकेडेमीले अझै सफलता पाउनेछ,’ उनले थपिन् ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.