5 years ago
March 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि गोकर्ण गल्फ कोर्षमा सुरु भएको छ । पहिलो दिनको खेलमा नेपाल नम्बर १ भुवन नगरकोटीले ४ स्ट्रोकको अग्रता लिएका छन् ।

स्थानीय कोर्षमा भुवनले ८ अन्डर ६४ को सानदार स्कोर जोडेपछि अग्रता बनाएका हुन् । उनले रामे मगर र एमेच्योर गल्फर विजय श्रेष्ठ ऐनहाउसलाई पछि पारेका हुन् । विजय र रामेको ४ अन्डर ६८ स्कोर रहेको छ । तेस्रो स्थानमा राजेन्द्र श्रेष्ठ प्रधानसँगै दक्षिण एसियाली खेलकुदका स्वर्णधारी सुबास तामाङ र शुक्रबहादुर राई छन् । तीनैजनाको ३ अन्डर ६९ स्कोर रहेको छ ।
सुबासले दिनको सुरुवातमै पाँचौ होलमा होल इन वन गर्दै राम्रो लय समातेका थिए । फ्रन्ट नाइनको तेस्रो होल तथा ब्याकमा ११ औं, १२ औं र १३ औंमा बर्डी गरेका उनले १५ औं मा बोगी तथा १४ औं मा डबल बोगी खेपे । यता अग्रस्थानमा रहेका भुवनले भने फ्रन्ट नाइनमा ६ अन्डर ३० तथा ब्याक नाइनमा २ अन्डर ३४ को स्कोर बनाए । उनले सुरुवाती चार होलसँगै सातौँ, नवौं, ११ औं र १४ औं होलमा बर्डी खेलेका हुन् ।

कुल ६१ गल्फरको सहभागिता रहेको यस प्रतियोगितामा ४४ व्यावसायिक र १७ एमेच्योर गल्फरले सहभागिता जनाएका छन् । प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ३५ हजार रुपैयाँ रहेको छ । पहिलो हुनेले १ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ८० हजार तथा तेस्रो हुनेले ६० हजार रुपैयाँ पाउनेछन् । शीर्ष २१ गल्फरले नगद प्राप्त गर्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]