default_image

5 years ago

March 16, 2021

भुवन अग्रता बढाउँदै

215 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सेन्ट्रल ओपनको दोस्रो दिन आफ्नो अग्रता बढाएका छन् ।

गोकर्ण गल्फ कोर्षमा मंगलबार भुवनले ३ अन्डर ६९ स्कोर जोड्दै समग्रमा आफ्नो अग्रतालाई ५ स्ट्रोकमा लम्ब्याए । अघिल्लो दिन ८ अन्डर ६४ स्कोर जोडेका भुवनले समग्रमा ११ अन्डर १ सय ३३ स्कोर बनाएका छन् । दोस्रो स्थानको शुक्रबहादुर राई ६ अन्डर १ सय ३८ स्कोरसहित दोस्रो स्थानमा छन् । उनले दोस्रो दिन पनि ३ अन्डर ६९ स्कोर नै जोडे ।

एमेच्योरतर्फ सुबास तामाङले ५ अन्डर १ सय ३९ स्कोरसहित अग्रस्थान हासिल गरेका छन् । उनले दोस्रो दिन २ अन्डर ७० स्कोर बनाए । संजय लामा (१४१) र रामे मगर (१४२) व्यावसायिकतर्फ शीर्ष ४ स्थानमा अटाएका छन् । अघिल्लो दिन ४ अन्डर ६८ स्कोर बनाएका राजेन्द्र श्रेष्ठ प्रधान ४ ओभर ७६ स्जोरसहित इभन पार १ सय ४४ अंक जोड्दै पाँचौ स्थानमा पुगेका छन् ।

दोस्रो दिनको खेल समाप्तिसँगै २१ व्यावसायिक गल्फर र ८ एमेच्योर दोस्रो चरणका लागि छनोट भएका छन् । यस प्रतियोगितामा ४४ व्यावसायिक र १७ एमेच्योरसहित ६१ गल्फरको सहभागिता रहेको छ । प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ३५ हजार रुपैयाँ रहेको छ । पहिलो हुनेले १ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ८० हजार तथा तेस्रो हुनेले ६० हजार रुपैयाँ पाउनेछन् । शीर्ष २१ गल्फरले नगद प्राप्त गर्नेछन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.