default_image

5 years ago

March 17, 2021

सेन्ट्रल ओपन : भुवनलाई पछ्याउँदै शुक्र

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सिजनको पहिलो इभेन्ट सेन्ट्रल ओपनमा भुवन नगरकोटी र शुक्रबहादुर राई उपाधि दाबेदारको रुपमा अघि आएका छन् ।

प्रतियोगिताको तेस्रो दिन बुधबार शीर्षस्थानमा रहेका भुवनले कमजोर प्रदर्शन गरेपछि दोस्रो स्थानको शुक्रबहादुर राई पनि उपाधि होडमा आएका हुन् । स्थानीय प्रो भुवनले २ ओभर ७४ स्कोर जोड्दा शुक्रले १ अन्डर ७१ स्कोर जोड्दै भुवनको अग्रतालाई २ स्ट्रोकमा झारेका हुन् । भुवनले समग्रमा ९ अन्डर २ सय ७ स्कोर जोड्दा शुक्रको ७ अन्डर २ सय ९ स्कोर रहेको छ ।

एमेच्योरतर्फ १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुबास तामाङले इभन पार ७२ स्कोरसहित ५ अन्डर २ सय ११ स्कोर बनाएका छन् । दोस्रो स्थानमा विजय श्रेष्ठ आइनहाउसले बुधबार १ ओभर ७३ सहित १ ओभर २ सय १७ स्कोर जोडेका छन् । प्रो संजय लामा इभन पार २ सय १६ स्कोरसहित प्रो तर्फ रेस्रो स्थानमा छन् ।

दोस्रो दिनको खेल समाप्तिसँगै २१ व्यावसायिक गल्फर र ८ एमेच्योर दोस्रो चरणका लागि छनोट भएका छन् । यस प्रतियोगितामा ४४ व्यावसायिक र १७ एमेच्योरसहित ६१ गल्फरको सहभागिता रहेको छ । प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ३५ हजार रुपैयाँ रहेको छ । पहिलो हुनेले १ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ८० हजार तथा तेस्रो हुनेले ६० हजार रुपैयाँ पाउनेछन् । शीर्ष २१ गल्फरले नगद प्राप्त गर्नेछन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.