5 years ago
March 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ प्रो भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सिजनको पहिलो इभेन्ट सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । उनले उपाधिसहित १ लाख ३० हजार रुपैयाँ हात पारे ।

गोकर्ण गल्फ कोर्षमा बिहीबार भुवनले समग्रमा ७ अन्डर २ सय ८१ स्कोर जोड्दै एमेच्योर सुबास तामाङलाई १ स्ट्रोकले पछि पार्दै उपाधि जितेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुबासले अन्तिम दिन १ अन्डर ७१ स्कोर जोडेका थिए । उनी एमेच्योरतर्फ च्याम्पियन बने । भुवनले अन्तिम दिन २ अन्डर ७४ को औसत प्रदर्शन गरेका थिए ।
भुवनले पहिलो दिनमा उत्कृष्ट प्रदर्शन गरेपछि नै उपाधि जित्ने आधार खडा भएको बताए । ‘पहिलो दिन एकदम राम्रो प्रदर्शन भएको थियो । अझ राम्रो स्कोर हुन सक्थ्यो । पछिल्लो दुई दिन भने मैले राम्रो गर्न सकिन । विशेषगरी पटिङमा मैले अपेक्षा गरेअनुसार नतिजा ल्याउन सकिन । अब आउने इभेन्टमा त्यसलाई सुधार्ने लक्ष्य छ,’ उनले भने ।

समग्रमा तेस्रो भएका प्रो शुक्र बहादुर राईले प्रो तर्फ दोस्रो स्थान हासिल गर्दै ८४ हजार रुपैयाँ जिते । उनले अन्तिम दिन बिर्सनलायक प्रदर्शन गर्दै ५ ओभर ७७ स्कोर लेखाए । समग्रमा उनले २ अन्डर २ सय ८६ को प्रदर्शन गरे । प्रो तर्फ तेस्रो स्थान २ ओभर २ सय ९० स्कोर जोडेका संजय लामाले हासिल गरे । उनले ६० हजार रुपैयाँ जिते ।
एमेच्योरतर्फ अजिक विक दोस्रो भए । उनले अन्तिम दिन इभन पार ७२ स्कोर जोड्दै समग्रमा ३ ओभर २ सय ९१ स्कोर लेखाए । विजय श्रेष्ठ आईनहाउस ४ ओभर २ सय ९२ स्कोरसहित समग्रमा छैटौं तथा एमेच्योरतर्फ तेस्रो भए ।

प्रो तर्फ रवी खड्का चौथो हुँदै ५० हजार रुपैयाँ जित्दा राजेन्द्र श्रेष्ठ प्रधान र दिपक मगरले समान ७ ओभर २ सय ९५ स्कोरसहित जनही ३९ हजार ७ सय ५० रुपैयाँ जिते । सातौ भएका रामे मगरले ३५ हजार, आठौं स्थानका निरज तामाङले ३२ हजार, नवौं बलभद्र राईले ३० हजार तथा दशौं स्थानका जयराम श्रेष्ठले २८ हजार रुपैयाँ जिते प्रो तर्फ रवी खड्का चौथो हुँदै ५० हजार रुपैयाँ जित्दा राजेन्द्र श्रेष्ठ प्रधान र दिपक मगरले समान ७ ओभर २ सय ९५ स्कोरसहित जनही ३९ हजार ७ सय ५० रुपैयाँ जिते ।
यस प्रतियोगितामा ४४ व्यावसायिक र १७ एमेच्योरसहित ६१ गल्फरको सहभागिता रहेको थियो । विजेतालाई सूर्य नेपालका मार्केटिङतर्फ उपाध्यक्ष दिप्रा लाहिरी, नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठ तथा नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कृत गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]