default_image

5 years ago

March 26, 2021

शुक्रलाई धरान ओपन गल्फको उपाधि

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्थानीय प्रो शुक्र बहादुर राईले धरान ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । अन्तिम दिन १ अन्डर ६९ स्कोरसहित समग्रमा ४ अन्डर २ सय ६ स्कोर जोडेका शुक्रले उपाधिसहित ९० हजार रुपैयाँ प्राप्त गरे ।

सूर्य नेपाल गल्फ टुर २०२१ सिजनको दोस्रो इभेन्टमा शुक्रले अन्तिम दिन उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो दिन उपाधि दावेदारीमा रहेका भुवन नगरकोटीमाथि ७ स्ट्रोकको जित हासिल गरेका हुन् । अघिल्लो दिन अग्रतामा रहेका भुवनले बिर्सनलायक प्रदर्शन गर्दै ७ ओभर ७७ स्कोर जोडेपछि उनी दोस्रो स्थानमा सिमित रहे । उनीसँगै बलभद्र राई र कृष्णमान राजवाहकले पनि संयुक्त दोस्रो स्थानमा रहँदै जनही ४३ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे । कृष्णमानले अन्तिम दिन ३ अन्डर ६७ तथा बलभद्र राईले १ ओभर ७१ स्कोर जोडे ।

रामे मगर र निरज तामाङले ४ अन्डर २ सय १४ स्कोरसहित संयुक्त पाँचौ स्थान हासिल गरे । दुवैले २८ हजार ५ सय प्राप्त गरे । दीपक आचार्यले ५ ओभर २ सय १५ स्कोरसहित सातौं स्थान हासील गर्दै २५ हजार रुपैयाँ प्राप्त गरे । रवी खड्का र संजय लामाले आठौँ हुँदै २२ हजार प्राप्त गर्दा दीनेश प्रजापतिले १० औं स्थानमा रहँदै १९ हजार रुपैयाँ पाए ।

युवराज भुजेलले ९ ओभर २ सय १९ स्कोर जोड्दै एमेच्योर उपाधि जिते । रितेश तामाङ १४ ओभर २ सय २४ स्कोरसहित उपविजेता बने । प्रतियोगितामा ३९ व्यावसायिक र १३ एमेच्योर खेलाडीले सहभागिता जनाएका थिए । धरानस्थित पार-७० को निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा भएको प्रतियोगिता नेपाल प्रोफेसनल गल्फर संघ तथा धरान गल्फ क्लबको आयोजनामा भएको हो । प्रतियोगिताको मुख्य प्रायोजक धरान उपमहानगरपालिका तथा सहयोगी आरसी कोला, म्याजिक फुटवेयर र हिमालयन रिजर्भ रहेका थिए ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.