5 years ago
April 19, 2021
विज्ञ विशेष
उज्ज्वल डोटेल
कुनैपनि चोट पछि वा शल्यक्रिया गरेपछि आफ्नो पुरानै अवस्थामा आउन गरिने प्रक्रियालाई रिह्याबिलिटेसन अथवा पुनर्स्थापना भनिन्छ । तर चोटको सम्भावना न्यूनीकरण गर्न वा भनौं आफ्नो शरीरलाई आफूले प्रतिस्पर्धा गर्ने खेलको लागि आवश्यक शक्ति र उचित विन्दुमा राखिरहन गरिने अभ्यास वा प्रक्रियालाई प्रिह्याबिलिटेसन भनिन्छ । चोट लागेपछि आउने समस्या वा डीकन्डीसनिङ कम गर्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ ।

नेपाली खेलकुदमा चोट लागेपछि पुनरागमन गर्न फिजियोसम्म धाउने क्रम बिस्तारै सुरु हुने क्रममा छ । त्यसैले पनि पछिल्लो समय गम्भीर चोट लागेपछि पनि खेलाडीहरु मैदानमा फर्किएका खबर देखिन थालेका छन् । केहि वर्ष अघिसम्म भने स्थिति फरक थियो । नेपाली खेलकुदमा रिह्याबिलिटेसनको महत्त्व खेलाडीहरुले बुझ्ने क्रम बढेको छ । तर त्यसअघि झनै महत्त्वपूर्ण रहेको प्रिह्याबिलिटेसनको पाटोमा भने खेलाडी अनभिज्ञ छन् ।
पछिल्लो समय खेल जगतमा चोट लाग्नुको मुख्य कारण यस प्रकार छन् :
१. छोटो समयमा धेरै खेलका कारण दबाब
२. आफ्नो शारीरिक स्तरभन्दा माथि रहेर खेल्नुपर्ने
३. खेलाडीले खेलको चापका कारण विश्राम नपाउने
४. खेलाडीको फिटनेस स्तर र खेलको स्तरमा भिन्नता
५. खेल अथवा प्रशिक्षणमा लाग्ने चोट र त्यसको उपचार
नेपाली खेलकुदको बिडम्बना भन्नुपर्छ खेलाडीले पूरा समय खेल्न पाउँदैनन् । अधिकांश खेलमा आक्कल झुक्कल प्रतियोगिता हुन्छन् । र जब प्रतियोगिता हुन्छ खेलाडीहरुलाई निकै दबाब पर्ने गर्दछ । सिमित स्रोत साधनका कारण आयोजकले छोटो अवधिमा राखेको प्रतियोगितामा खेलाडीहरुले आफ्नो शरीरले साथ नदिएपनि लगातार खेल्नुपर्ने बाध्यता छ । अझ प्रशिक्षणमै पनि प्रतियोगिता सुरु हुनैलाग्दा मात्र उचित स्रोत र साधन उपलब्ध खेलाडी गराएर थप दबाब झेल्न बाध्य हुन्छन् ।

चोट लागेपछि खेलमा पुनरागमन गर्न रिह्याबिलिटेसनका लागि फिजियोथेरापी गर्नुलाई प्रमुख आधार मानिन्छ । यसमा खेलाडीमा चोटको कारण आएको समस्यालाई न्यूनीकरण गर्ने र सामान्य अवस्थामा ल्याउन विशेष ध्यान दिइन्छ । यसमा दुःखाई काम गराउने, जोर्नेको रेन्ज पूरा राख्ने , मांशपेसीमा आएको कमी कमजोरीलाई मिलाउने, खेल अनुसार विशेष अभ्यास गराउने लगायत पक्ष पर्दछ ।
रिह्याबिलिटेसनकाे समय चोटको प्रकृति अनुसार कति लामो रहने निर्क्यौल हुन्छ । प्रायजसो चोटका कारण लामो समय मैदानबाहिर रहेका खेलाडीलाई खेलमा फर्कने धकधकीले सताइरहेको हुन्छ । यस समयलाई छोट्ट्याउन र चोट लाग्ने सम्भावनालाई न्यूनीकरण गर्न प्रिह्याबिलिटेसनलाई मुख्य रूपमा ध्यान दिनुपर्ने हुन्छ ।
कुनैपनि चोट लागेपछि शल्यक्रिया गर्नुअघि उक्त प्रक्रियाबाट आउने कठिनाइहरू न्यूनीकरण गर्न ५-१० दिन को लागि गरिने अभ्यासको पद्दतिलाई पनि प्रिह्याबिलिटेसन भनिने गरिन्छ । यसको मुख्य लक्ष्य भनेको खेलाडीमा शल्यक्रिया गरेपछि आउने समस्यालाई घटाउन अनि उक्त भागको कार्यक्षमता चाडै बढाउने नै हो ।

प्रिह्याबिलिटेसनका फाइदाहरु :
१. चोट लाग्नबाट बचाउने
२. शल्यक्रिया गरेको केही दिनमा मांशपेसी र जोर्नीको खुम्चिने अथवा सिद्ध हुने (रेन्ज अफ मोसन) हरु बिग्रने गर्छन , जुन प्रिह्याबिलिटेसन गरेकोमा सामान्य जस्तै रहन्छ
३. अस्पतालमा भर्ना भएर रहनुपर्ने समय घट्ने
४. रिह्याबिलिटेसन केहि चाँडो सुरु गर्न मिल्ने र त्यसपछिका प्रक्रियामा केहि सहजता हुने
५. कतिपय अवस्थामा प्रिह्याबिलिटेसनमै देखिएको सुधारका कारण शल्यक्रिया नै गर्नु नपरेको पनि छ
त्यसकारण खेलाडीले चोट लागेपछि रिह्याबिलिटेसन मात्र नभएर सामान्य अवस्थामा पनि प्रिह्याबिलिटेसनलाई ध्यानमा राख्ने हो भने धेरै समस्याबाट मुक्ति पाउन सक्छन् । यसमा खेलाडी आफैं त उत्तरदायी हुनु पर्छ नै, सँगसँगै प्रशिक्षक र सम्बन्धित खेल संघले पनि उचित कदम अघि चाल्दा सबैको भलाइ हुन्छ ।
लेखक डोटेल हाल सातदोबाटोस्थित अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरमा रिह्याबिलिटेसन इन्चार्जको रुपमा कार्यरत छन् । उनले भारतको कर्नाटकस्थित राजीव गान्धी विश्वविद्यालयबाट मस्कुलोस्केलेटल र स्पोर्ट्स फिजियोथेरापीमा स्नातकोत्तर गरेका छन् । डोटेल हाल राष्ट्रिय भलिबल च्याम्पियन होंगान्जी न्यू डायमन्डको स्पोर्ट्स फिजियोथेरापिस्टको भूमिकामा पनि छन् ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]