default_image

3 years ago

July 25, 2021

सूर्यको अर्धशतकमा भारतको मध्यम योगफल

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान सूर्यकुमार यादवको अर्धशतकको सहयोगमा भारतले पहिलो टि२० आई खेलमा श्रीलंकालाई १ सय ६५ रनको मध्यम लक्ष्य दिएको छ । आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । इन्डियन प्रिमियर लिग (आइपिएल) स्टार ब्याट्सम्यानको बाहुल्यता भएको भारत श्रीलंकाको […]

39 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान सूर्यकुमार यादवको अर्धशतकको सहयोगमा भारतले पहिलो टि२० आई खेलमा श्रीलंकालाई १ सय ६५ रनको मध्यम लक्ष्य दिएको छ ।

आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । इन्डियन प्रिमियर लिग (आइपिएल) स्टार ब्याट्सम्यानको बाहुल्यता भएको भारत श्रीलंकाको अनुसाशित बलिङ सामू मध्यम योगफलमा रोकिएको छ । अन्तिम पाँच ओभरमा श्रीलंकाले मात्र ४३ रन खर्चिदै उत्कृष्ट बलिङ गरेको थियो । भारतका सूर्यकुमार यादवले ३४ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए ।

ओपनर पृथ्वी शा टि२० आई डेब्यूको पहिलो खेलमा पहिलो बलमै शून्यमा क्याच आउट हुन पुगे । पृथ्वी तीव्र गतिका बलर दुश्मन्था चामिरा बलमा एज लागेर आउट भएका थिए । दोस्रो विकेटका लागि कप्तान शिखर धवन र सन्जु स्यामसनले ३६ बलमा ५१ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । स्यामसनलाई स्पिनर वानिन्दु हसरंगाले २७ रनमा एलबिडब्लू आउट गरे । स्यामसनले २० बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए ।

तेस्रो विकेटका लागि शिखरले सूर्यसँग ४८ बलमा ६२ रनको साझेदारी गरेका थिए । शिखरलाई १५ औं ओभरको पहिलो बलमा चामिका करुणारत्नले एशेन बन्डाराबाट ४६ रनमा क्याच आउट गराउँदै साझेदारी तोडेका थिए । शिखरले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । एक ओभरपछि वानिन्दुको बलमा सूर्य क्याच आउट भएका थिए । भारतका फिनिसर हार्दिक पान्ड्या १२ बल खेलि १० रन बनाए । ईशान किशन १४ बलमा १ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । क्रुनाल पान्ड्या ३ बलमा ३ रनमा अविजित रहे ।


श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । दुश्मन्था चामिराले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । चामिका करुणारत्नेको नाममा एक विकेट रह्यो ।

May 5, 2024

टेबल टेनिसको दक्षिण एसियाली ओलम्पिक छनोट नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्समा यसै जुलाईमा हुने पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ । छनोट प्रतियोगिता १३-१५ तारिखसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीहरु खेल्नेछन् । भारत भने विश्व वरीयताको शीर्ष ८ मा परेसँगै सिधै ओलम्पिक […]

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । यससँगै विशाल एसभिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनी दक्षिण एसियाली मुलुक भन्दा बाहिरका देशबाट खेल्ने दोस्रो नेपाली पुरुष खेलाडी हुनेछन् । यसअघि […]

Success

Thank you for your time.