default_image

3 years ago

August 17, 2021

मेस्सीको पिएसजी डेब्यु कहिले?

213 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएपनि उनले हालसम्म डेब्यु गरेका छैनन् । मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्न समर्थकहरुले अझै केहि समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।

पिएसजीले मेस्सीलाई अगस्ट १० मा औपचारिक अनुबन्ध गरेपछि शनिबार लिग अन्तर्गत खेल खेलिसकेको छ । उक्त खेलअघि मेस्सीसँगै टोलीले यसै ट्रान्सफर विन्डोमा अनुबन्ध गरेका ५ खेलाडीलाई सार्वजनिक गरिएको थियो । नयाँ खेलाडीमध्य अक्रफ हाकिमी र जिओर्जिनिओ वाइनाल्डमले खेलिसकेका छन् । सर्जियो रामोस चोटका कारण फिट छैनन् ।

मेस्सी र गोलरक्षक जियानलुइजी डोनारुम्माले भने अन्तर्राष्ट्रिय खेलबाट ढिलो आएका कारण केहि प्रतीक्षा गर्नुपर्ने भएको हो । डोनारुम्माले केहि अघि नै प्रशिक्षण थालेकाले अर्को साता खेल्ने सम्भावना छ । तर मेस्सीको हकमा भने प्रि सिजन प्रशिक्षण पनि नगरेकाले पूर्ण म्याच फिट हुन अझै केहि समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।

पिएसजीले फ्रान्सेली लिगअन्तर्गत शुक्रबार राती हुने खेलमा ब्रेस्टको सामना गर्दैछ । उक्त खेलका लागि मेस्सी सुरुवाती रोजाइमा खेल्ने गरि फिट नहुने बुझिएको छ । तर टोलीमा रहेर उनी बेन्चबाट भने मैदान छिर्न सक्छन् । हाल म्याच फिटनेसका लागि प्रशिक्षण गरिरहेका मेस्सीले अगस्ट २९ मा हुने राइम्सविरुद्ध खेलमा सुरुवात गर्न सक्नेछन् । पिएसजीका समर्थकले उनलाई घरेलु मैदानमा हेर्न भने सेप्टेम्बर १२ को क्लेरमन्ट फुटविरुद्ध खेल कुर्नुपर्ने हुन्छ ।

पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले भने स्ट्रास्बर्गविरुद्ध खेलअघि मेस्सीलाई मैदानमा फर्कन केहि समय लाग्ने बताएका थिए । ‘मेस्सीले कोपा अमेरिका जितेको एक महिनापछि प्रशिक्षण गर्दैछन् । उनले आफू कस्तो अवस्थामा छु थाहा पाउन केहि दिन लाग्नेछ । त्यसपछि मात्र हामी उनलाई खेलाउनेबारे सोच्नेछौं,’ पोचेटिनोले भने ।

‘मेस्सी विशेष खेलाडी हुन् । हामीले उनको अवस्था के छ जानकारी पाएपछि त्यसै अनुसार तयारी गर्नेछौं । म आफैं पनि उनको खेल हेरेर मनोरञ्जन लिन्छु,’ उनले भने, ‘उनी खुसी छन् । हामी आफैंले पनि त्यो महसुस गरिरहेका छौं । उनी एकदम परिपक्व खेलाडी हुन् ।’

पिएसजीको खेल तालिका (नेपाली समय अनुसार):

ब्रेस्ट विरुद्ध पिएसजी (अगस्ट २१ शनिबार विहान १२:४५ बजे (शुक्रबार मध्यराती))

राइम्स विरुद्ध पिएसजी (अगस्ट ३० सोमबार विहान १२:३० बजे (आइतबार मध्यरात))

पिएसजी विरुद्ध क्लेरमन्ट फुट – सेप्टेम्बर १२

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

Success

Thank you for your time.