default_image

3 years ago

August 18, 2021

आयशालाई एसिया पुम्से च्याम्पियनसिपमा कास्य पदक

एजेन्सी – १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण विजेता आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिप २०२१ मा कास्य पदक जितेकी छिन् । भर्चुअल माध्यमबाट विश्व तेक्वान्दो एसियाले आयोजना गरेको प्रतियोगितामा आयशाले ब्ल्याक बेल्ट ४० वर्षमुनि उमेर समूहमा कास्य पदक जितेकी हुन् । फाइल तस्बिर फाइनलमा मेक्सिकोकी एस्पिनोजा मार्केजले ७.८१ अंकसहित स्वर्ण जित्दा हङकङकी चेङले ७.३९ […]

118 views

0 Bookmark

एजेन्सी – १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण विजेता आयशा शाक्यले एसिया पुम्से ओपन च्याम्पियनसिप २०२१ मा कास्य पदक जितेकी छिन् । भर्चुअल माध्यमबाट विश्व तेक्वान्दो एसियाले आयोजना गरेको प्रतियोगितामा आयशाले ब्ल्याक बेल्ट ४० वर्षमुनि उमेर समूहमा कास्य पदक जितेकी हुन् ।

फाइल तस्बिर

फाइनलमा मेक्सिकोकी एस्पिनोजा मार्केजले ७.८१ अंकसहित स्वर्ण जित्दा हङकङकी चेङले ७.३९ अंक जोड्दै रजत पदक हासिल गरिन् । चाइनिज ताइपेइकी चेन (७.३४) र नेपालकी आयशा (७.१९) ले कास्य पदक हासिल गरेका हुन् । अन्तिम चरणमा ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यसअघि पहिलो चरणमा १३ जनाले प्रतिस्पर्धा गरेको यस इभेन्टमा आयशा ६.७५ को स्कोर जोड्दै अन्तिम चरणमा प्रवेश गरेकी थिइन् । फाइनलमा आफ्नो प्रदर्शन सुधार्दै उनी कास्य जित्न सफल भएकी हुन् ।

नेपालबाट यसै प्रतियोगिताको पुरुष ब्ल्याक बेल्ट अन्डर ३० मा शिशिर श्रेष्ठ र कृष्णबहादुर तामाङ तथा ब्ल्याक बेल्ट अन्डर ४० स्पर्धामा रेजिन रिमालले खेलेका थिए । रेजिन र कृष्ण दोस्रो चरणमा प्रवेश गरेपनि पदक जित्न सकेनन् । उनीहरु सेमिफाइनल चरणमा बाहिरिएका थिए ।

महिला ब्ल्याक बेल्ट अन्डर ३० मा सागकै स्वर्णधारी संजिला तिमल्सिना, प्रशंसा क्षेत्री र निता गुरुङ पहिलो चरणबाट बाहिरिइन् । सिना मादेन सोहि स्पर्धाको अर्को चरणमा पुगेपनि पदक जित्न सकिनन् । उनी पनि सेमिफाइनलमा नै रोकिएकी थिइन् ।

पुरुष अन्डर ३० कलर बेल्टतर्फ स्यामुएल तामाङ, आश्विन राई, उज्ज्वल घले, इश्वर सेढाइले पहिलो चरण पार गरे । दीपेन्द्र गुरुङ भने पहिलो चरणमा नै अयोग्य भएका थिए ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.