default_image

4 years ago

September 24, 2021

नेपाल टुरिजम कप गल्फ प्रतियोगिता हुने

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा नेपाल टुरिजम कप गल्फ प्रतियोगिता यसै सेप्टेम्बर २७ देखि २९ सम्म गोकर्ण गल्फ कोर्ष काठमाडौंमा हुने भएको छ ।

गल्फ संघले पर्यटन दिवसको अवसरमा सेप्टेम्बर २७ गते प्रतियोगिता सुरु गर्नेछ । प्रतियोगिता दुई भागमा विभाजन गरिएको छ । सुरुवाती दुई दिन नेपालमा रहेका ५ गल्फ कोर्षबीच टिम इभेन्ट हुनेछ । प्रतियोगिताको अन्तिम दिन भने ओपन गल्फ प्रतियोगिता हुनेछ । सन् २०१९ मा नेपालको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसाथ आयोजना गरिएको प्रतियोगितामा ४० विदेशी खेलाडीको सहभागिता रहेको थियो ।

गत वर्ष कोरोना महामारीका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन । यसपटक भने विदेशी पर्यटक आउने सम्भावना नभएपछि अन्तरिक पर्यटन प्रवर्द्धनको लक्ष्यसहित स्थानीय खेलाडी तथा कुटनीतिक नियोगका प्रतिनिधि समेटेर प्रतियोगिता गर्न लागिएको हो । २९ तारिखमा हुने प्रतियोगितामा दर्जन महिला गल्फरसहित कुल ८० जनाको सहभागिता हुने अपेक्षा संघले राखेको छ । प्रतियोगिता स्टेबल फर्म्याटमा हुनेछ ।

पहिलो भागको प्रतियोगिता भने स्ट्रोक प्ले आधारमा हुनेछ । नेपालमा रहेका ५ गल्फ कोर्षबाट २-२ खेलाडीको टोलीले प्रतिस्पर्धा गर्नेछन् । आर्मी अफिसर्स गल्फ क्लब, पोखराको हिमालयन गल्फ कोर्ष, धरानको निर्भाना गल्फ क्लब, गोकर्ण गल्फ क्लब र रोयल नेपाल गल्फ क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताका लागि क्लबले अन्तरिक प्रतिस्पर्धाबाट खेलाडी छनोट गर्नेछन् ।

विजयी खेलाडीलाई प्रायोजकबाट प्राप्त हुने विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने संघले जनाएको छ । यस्तै अन्तिम दिनको प्रतियोगितामा होल नम्बर १० मा होल इन वन गर्नेले कोया सोनेट पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताका लागि पर्यटन बोर्डले आवश्यक सहयोग गर्ने संघका अध्यक्ष टासी घलेले जानकारी दिए । उनले राखेपबाट पनि प्रतियोगिताका लागि सहयोगको वाचा भएको बताएका छन् । प्रतियोगितालाई केल्मी, स्यामसङ, यार्चागुम्बा, कार्ल्सबर्ग र किया लगायत ब्राण्डहरुले प्रायोजन गरेका छन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.