default_image

3 years ago

September 28, 2021

आर्मी र एपिएफ समूह विजेता

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब वाइवाइ डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ समूह विजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको पुरुषतर्फको समूह ‘सी’ को समूह चरणको अन्तिम खेलमा आर्मीले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम आठमा स्थान पक्का गरेको हो ।

पहिलो सेटमा २५–२२ को जित निकालेको आर्मीले त्यसपछि २५–१७ र २५–१५ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । आर्मीसँगको हारपछि पनि नयाँबजार समूहमा उपविजेता बन्दै अघिल्लो चरण पुग्न सफल भयाृ । यो समूह ‘सी’ बाट कर्णाली प्रदेश बाहिरियो ।

यस्तै समूह ‘डी’ मा एपिएफले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै समूह विजेता बन्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपिएफले २७–२५ ले आफ्नो पक्षमा पारेपनि दोस्रो सेट एपिएफले २५–२७ ले गुमाएको थियो । तेस्रो सेटमा २५–१३ को सहज जित निकालेको एपिएफले चौथो सेटमा २५–१८ को जित निकाल्यो । एपिएफसँगको हारसँगै बुढानिलकण्ठ भलिबल क्लब समूह चरणबाट बाहिरिएको छ । यो समूहबाट ढोरपाटनले समूह उपविजेताको रुपमा क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।

त्यस्तै मंगलबार भएको अर्को खेलमा गण्डकी प्रदेश मणिमुकुन्दमाथि ३–२ को सेटमा संघर्षपुर्ण जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको छ । सुरुवाती दुई सेट आफ्नो पक्षमा पारेपनि त्यसपछिको दुई सेटमा गुमाएको गण्डकीले निर्णायक सेटमा बाजी मारेको हो ।

निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेट गण्डकीले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट झनै रोमाञ्चक बन्दा गण्डकीले ३६–३४ को संघर्षपुर्ण जित निकालेको थियो । गण्डकीले तेस्रो सेट १८–२५ र चौथो सेट २५–२७ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्बिएको थियो ।

निर्णायक सेटमा पनि सुरुवातमा पछि परेको गण्डकीले पूनरागमन गर्दै ९–६ को अग्रता लिदै जिततर्फ अघि बढेको थियो । तरमणि मुकुन्दले खेलमा पूनरागमन गर्दै १३–१३ को बराबरीमा ल्याएपनि त्यसपछि गण्डकीले लगातार दुई अंक जोड्दै १५-१३ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

जितपछि गण्डकी समूहमा एक खेल बाँकी छँदै क्वाटरफाइनलमा पुग्न सफल भएको छ । गण्डकीले दुई खेलबाट ५ अंक जोड्यो । यो समूहबाट नेपाल पुलिस क्लबले पनि अन्तिम आठको यात्रा तय गर्न सफल भयो । मणि मुकुन्द र दवाली मिलन क्लब समूह चरणबाटै बाहिरियो ।

त्यसअघि हेल्प नेपालले प्रदेश नम्वर २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै समुहमा एक खेल बाँकी छँदै अन्तिम आठमा पुग्न सफल भएको हो । एकपक्षीय खेलमा हेल्प नेपालले २५–२१, २५–१७ र २५–१६ को सहज जित निकाल्यो । लगातार दोस्रो हारसँगै प्रदेश २ समूह चरणबाट बाहिरिएको छ । अब प्रदेश २ र बागमतीले सान्त्वना जितको लागि खेल्नेछ ।

हेल्प नेपालको जितले गल्कोटले पनि एक खेल बाँकी छदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । अब हेल्प नेपाल र गल्कोटबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फको खेलमा एपिएफले तीन भारतीय खेलाडी सम्मिलिन ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पहिलो सेटमा २५-११ को जित निकालेको एपिएफले दोस्रो सेट २५-७ ले तथा तेस्रो सेट २५-६ ले सहजै जित्यो ।

यस्तै अर्काे खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल ट्रेनिङ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । एकपक्षीय खेलमा डायमन्डले पहिलो सेट २५-६ ले सहजै आफ्नो पक्षमा पार्यो । दोस्रो २५-५ ले आफ्नो पक्षमा पारेको डायमन्डले तेस्रो सेटमा नयाँ खेलाडीलाई मौका दिदा २५-१३ को जित निकाल्न सफल भयो ।

च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ । च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यु डायमन्ड च्याम्पियन बनेको थियो ।

च्याम्पियनसिपमा बुधबार पुरुषतर्फ चार र महिलातर्फ दुई खेलमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेश, मणिमुकुन्द र दावाली मिलन क्लब, टिप टप हेल्प नेपाल स्पोर्टस् क्लब र गल्कोर्ट स्पोर्ट्स क्लब तथा प्रदेश २ र बागमती प्रदेशबीच खेल हुनेछ । महिलातर्फ ढोरपाटन र नेपाल पुलिस क्लब तथा एभरेस्ट र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

Success

Thank you for your time.