default_image

2 years ago

November 22, 2021

टोटेनहमको संघर्षपूर्ण जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम हट्सपरले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि २-१ को संघर्षपूर्ण जित निकालेको छ । पहिलो हाफमा पछि परेको टोटेनहमले दोस्रो हाफमा २ गोल गर्दै जित हासिल गरेको हो । लिड्सका लागि ड्यानिएल जेम्सले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए । ज्याक ह्यारिसनको क्रसलाई पेनाल्टी क्षेत्रभित्र जेम्सले सहजै गोल गर्दा […]

103 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम हट्सपरले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि २-१ को संघर्षपूर्ण जित निकालेको छ । पहिलो हाफमा पछि परेको टोटेनहमले दोस्रो हाफमा २ गोल गर्दै जित हासिल गरेको हो ।

लिड्सका लागि ड्यानिएल जेम्सले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए । ज्याक ह्यारिसनको क्रसलाई पेनाल्टी क्षेत्रभित्र जेम्सले सहजै गोल गर्दा पाहुना टोलीले अग्रता लिएको थियो । पहिलो हाफमा बल पोसेसनमा दबाब राख्दै लिड्सले खेलमा पकड जमाएको थियो । तर दोस्रो हाफमा भने टोटेनहम पुनरागमन गर्न सफल भयो ।

दोस्रो हाफको सुरुवातमै ह्यारी केन खेल बराबरी गर्नबाट चुके । तर ५८ औं मिनेटमा पिएर एमिल होएबिएरले बराबरी गोल फर्काए । लुकास मोउराको पासमा होएबिएरले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । त्यसको ११ मिनेटपछि नै सर्जियो रेगुइलोनले लन्डन टोलीलाई अग्रता दिलाए । एरिक डाएरको फ्रिकिक पोस्टमा लागेर फर्केपछि रिबाउन्डमा उनले गोल गरेका थिए ।

यस जितसँगै एन्टोनियो कोन्टेले टोटेनहमको जिम्मेवारी लिएपछि प्रिमियर लिगमा पहिलो जित दर्ता गरेका छन् । टोटेनहम १२ खेलमा ६ जित, १ बराबरी र ५ हारसँगै १९ अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा छ । लिड्स १२ खेलमा २ जित, ५ बराबरी र ५ हारसँगै ११ अंकसहित १७ औं स्थानमा छ । चेल्सी १२ खेलमा २९ अंकसहित शीर्षस्थानमा यथावत छ ।

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

Success

Thank you for your time.